ट्रेण्डिङ

होमपेज / अर्थ

लकडाउनमा पनि सल्यानका किसान सात करोडको ताजा तरकारी बेच्न सफल

  सरिता चलाउने २०७७ भाद्र ३ गते बुधबार १३:१५:०९ मा प्रकाशित

सरिता चलाउने भदौ ३, सल्यान 
कपुरकोट गाउँपालिकाका उज्जर सिङ पुनले यसबर्ष ५ रोपनीमा अदुवा खेति र पाँच रोपनीमा टमाटर खेति गरेका थिए ।

कोरोना भाईरसका कारण बन्दाबन्दी हुँदा तरकारी बिक्रि हुदैन कि भनेर चिन्तामा उनी थिए । तर अहिले हाट बजार संचालन भएपछि उनलाई तरकारी बिक्रि गर्न समस्या छैन । बन्दाबन्दीले भारतको तरकारी नआउँदा र तराईमा बाढी पहिरोका कारण यो वर्ष तरकारीले राम्रो बजार पाएको किसान उज्जर सिहं पुन उत्साहित छन्  । 

कपुरकोट बेमौसमी तरकारी खेतीका लागि परिचित रहेको र यो वर्ष कोरोना भाइरसको त्रासका विक्री हुँदैन भनेर धेरै किसानले थोरै तरकारी उत्पादन गरेको उनले बताए । उनले भने, कोरोना भाइरसको डरले तरकारी विक्री गर्न पाइदैन भनेर थोरै थोरै लगाउनु भयो  । उत्पादन कम भएपनि बजार मुल्य भने यो वर्ष सन्तोषजनक नै छ । 

कपुरकोटकै खडक बहादुर वलिलाई पनि ३ रोपनीमा उत्पादन गरेको तरकारी बिक्रि हुदैन कि भन्ने चिन्ता थियो, हाट बजार संचालन भएपछि उनले अहिले सम्म १ लाख ९० हजार कमाई गरी सकेका छन् ।   कोरोना महामारिका कारण सरकारले लागु गरेको लकडाउनमा पनि कपुरकोट क्षेत्रका किसानहरुलाइ निर्वाध रुपले वेमौषमी तरकारी विक्रि वितरणको वातावरण स्थानीय सरकार र कृषि उपज बजार केन्द्रले बनाईदिएको छ । 

सल्यानको प्रमुख व्यापारिक केन्द्र कपुरकोटबाट तीन महिनाको अवधिमा ७ करोडको ताजा तरकारी निकासी भएको छ । कृषि उपज बजार केन्द्र कपुरकोटबाट जेठ २० देखि साउनसम्म ७ करोड ६५ लाखको ताजा तरकारी निकासी भएको हो । 
बन्दाबन्दीका कारण सुरुमा तरकारी विक्री नहुँदा किसानमा समस्यामा परेपनि अहिले भने तरकारीले उचित मुल्य पाइरहेको कृषि उपज बजार केन्द्र सञ्चालक समितिका सचिव तिलक शर्माले बताए  ।

 विगतका वर्षहरुमा भन्दा यो वर्ष किसानले सोचभन्दा राम्रो मुल्य पाएको भएता पनि उत्पादन भने कम रहेको उहाँको भनाई छ । उनले भने लामो समयसम्मको बन्दाबन्दीका कारण किसानले समयमै तरकारी उत्पादन गर्न नसक्दा र लगातारको वर्षातका कारण तरकारीमा रोग लाग्दा उत्पादनमा भने केही कमी आएको छ ।गत वर्ष कपुरकोटबाट मात्रै २६ करोडको तरकारी निकासी भएकोमा यो वर्ष भने १० करोडको मात्र ताजा तरकारी निकासी हुने अनुमान गरिएको शर्माको भनाई छ । 

कपुरकोटका अन्य २८ सहायक बजारबाट पनि तरकारी निकासी भइरहेको उहाँले बताउनु भयो । कपुरकोटबाट बुटवल, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर, दाङ तुलसीपुर लगायतका बजारमा जाने गरेको छ ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top