ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यान उद्योग बाणिज्य संघको नवौ साधारण सभा सम्पन्न 

  सरिता चलाउने २०७६ माघ २२ गते बुधबार १७:४९:५३ मा प्रकाशित

सल्यान । नेपाल उद्योग बाणिज्य संघ कर्णाली प्रदेशका अध्यक्ष पदम बहादुर शाहीले कर्णाली प्रदेशमा उत्पादन भएको बस्तु अब राष्ट्रिय र अन्तराष्ट्रिय बजारमा बिस्तार गरेर रोजगारीका अवसर सिर्जना गर्नुपर्ने बताउनु भएको छ । 
सल्यान उद्योग बाणिज्य संघको नवौ साधारण सभा तथा रजत जयन्तीको अवसरमा बोल्दै शाहीले प्रदेशमा आफ्नै उद्योग धन्दा र कलकारखाना स्थापना गर्नको लागी  सरकार र निजि क्षेत्रले सँग सँगै काम गर्ने बाताबरण हुनु पर्ने बताउनु भएको छ । 

उहाँले भन्नु भयो, सल्यान जिल्लामा ठुलो मात्रामा टिमुर उत्पादन भएको छ यसले  राष्ट्रिय मात्र नभएर अन्तराष्ट्रिय स्तरका बजार सम्म पनि आफ्नो पहिचान बनाएको छ, बिगतको कृर्षि निर्भाहमुखि मात्र भयो, अब कसरी उत्पादन बढाउन सक्छौ, कृर्षि र जडिबुटिको थुप्रै सम्भावना लाई अगाडी बढाउन उद्योगीहरुले बारम्बार अनुरोध गर्दा पनि यो प्रदेशमा लगानी आउन नसकेको बताउनु भयो ।

उहाँले नेपालमा लगानी गर्ने थुप्रै क्षेत्रहरु भएपनि सरकारले स्वदेशी तथा बिदेशी लगानीकर्तालाई लगानी गर्ने खालको बातावरण सिर्जना गर्ने नसकेको बताउनुभएको हो । पछिल्लो समय स्थानिय स्तरमा उत्पादित बस्तुको बजारीकरण गर्नु प्रमुख चुनौती भएको उहाँको भनाई छ ।

सल्यानमा टिमुर, अदुवा, आलु, सुन्तला, बेमौषमी तरकारी, खानी तथा खनिज र पर्यटनका थुप्रै सम्भावना भएपनि उपर्युक्त बजारीकरण नहुदाँ समस्या भएको उहाँले बताउनुभयो । उहाँले कर्णालीको बिकासका लागी सक्दो लगानी गर्न निजि क्षेत्र तयार भएको बताउनुभयो ।

उद्योगहरुका नाममा फमहरु दर्ता गरेर आफ्नो झोलामा राख्ने प्रचलनलाई अन्य गर्दै उद्योगहरुमा लगानी गर्ने वातावरण बनाईदिनु पर्ने अध्यक्ष शाहीले बताउनु भयो ।नेपाल उद्योग बाणिज्य संघ कर्णाली प्रदेशका अध्यक्ष पदम बहादुर शाहीको प्रमुख आथित्यतामा बुधबार श्रीनगरमा भएको उद्धघाटन गरिएको ९ औ  कार्यक्रममा साधारण सभामा सल्यान उद्योगा बाणिज्य संघका अध्यक्ष बिर बहादुर चलाउनेले स्थानीय तह र निजि क्षेत्रको समन्वय सहकार्य नहुँदा कृर्षकहरु व्यवसायी बन्न नसकेको बताउनु भयो ।

जिल्लामा उत्पादन लाई बढवा दिन स्थानीय तह र प्रदेश सरकारले सहयोग गर्नुपर्ने भन्दै उहाँले छत्रेश्वरी गाउँपालीका वडा नम्बर २ मा टिमुर  र कालीमाी गाउँपालीकामा अर्गानीक च्युरी बनाउने योजना बनाउने बताउनु भयो । जिल्लामा कोल्ड स्टोर लगायत उत्पादन हुने बेमौसमी बस्तुलाई अर्गानीक प्रमाणीत गराएर मात्र  बाहिर पठाउने प्रतिबद्धता जनाउनु भयो । 

कार्यक्रममा जिल्ला समन्यव समितीका प्रमुख केश बहादुर बिष्टले नागरीकको लगानी शुनिश्चित हुने गरी बस्तुको उपभोग हुन सक्यो भने मात्रै कृर्षककले प्रतिफल लिन सक्ने बताउनु भयो । जिल्लामै उद्योग स्थापना गरेर उत्पादीत बस्तुलाई खपद गरे मात्र आम्दानीका स्रोत आउने बताउनु भयो ।

यस्तै शारदा नगरपालीकाका मेयर सुरश अधिकारीले कुनै पनि बिकासको लागी आर्थिक क्रियाकलाप नै जोडिएको हुनले उद्योग व्यापारले लगानी गर्न सके फाईदा पुग्ने बताउनु भयो । कार्यक्रममा पुर्ब अध्यक्ष टोपेन्द्र कुमार हमाल, सस्थापक अध्यक्ष भोलानाथ खडका, गैर सरकारी महाँसंघ सल्यानका अध्यक्ष दिपेन्द्र शाही, नेपाल पत्रकार महाँसंघ सल्यानका अध्यक्ष प्रतिक ईच्छुक शर्मा लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो भने आजिबन सदस्यहरुलाई कदर पत्र र दोशल्ला ओढाएर सम्मान गरिएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top