ट्रेण्डिङ

होमपेज / पर्यटन

छत्रेश्वरी शक्तिपिठमा भक्तजनको भिड (फोटो फिचर)

  सल्यान खबर डेस्क २०७६ फाल्गुण ९ गते शुक्रबार १७:२०:१७ मा प्रकाशित

फागुन ९, सल्यान 

जिल्लाको छत्रेश्वरी शक्तिपिठमा दशनार्थीको बाख्लो भिड लागेको छ । पशु बलि नदिइने छत्रेश्वरी शक्तिपिठमा विभिन्न जिल्लाबाट पुजाआराधाना गर्न भक्तजनहरु आउने गर्दछन ।
सत्य युगमा महादेवले सतिदेबीको मृत शरीर लाई बोकि ब्रमान्डको भ्रमण गराउने क्रममा सतिदेबिका बाकी रहेका सम्पुर्ण अङ्ग पतन भयको श्रीस्वस्थानी ब्रतकथामा उल्लेख छ।साथै सो स्थानमा पिचाशेस्वर महादेब र छत्रेश्वरि भगवती प्रकट भएको पाईन्छ। छत्रेश्वरि शक्तिपिठ नेपालकै पशुबलि नचड्ने मन्दिरको रुपमा प्रचलित छ। 


             शारदा नदिको छेउमा शङख आकारको मुल र सानो आकारको मन्दिर पनि।मन्दिरमा पुग्ने भक्तजनहरुले त्यस मुलमा गई नुहाउने तथा जल छिटी शरीर चोखो गराउने गर्दछन।सतिदेबीका सम्पुर्ण अङ्ग पतन भई सकेपछी महादेबले त्यही मुलमा नुहाई कैलास पर्बत गयको धार्मिक किम्मदन्ती छ।छत्रेश्वरि गाउँपालिकाले सो क्षेत्रमा नेपालकै ठूलो सङ्ख स्थापना गरि पार्क बनाउन लागेको छ।


 महादेवले सतिदेबीको मृत शरीर लाई बोकि ब्रमान्डको भ्रमण गराउने क्रममा सो मन्दिरमा छत्रेश्वरि भगवती उत्पती भयको पाईन्छ। मन्दिर शारदा नदि देखि १३ सय फिट उचाइ मा रहेको एक थुम्कोमा अबस्थित छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top