ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा पहिरोमा पुरिएर एक जनाको मृत्यु

  सल्यान खबर २०७७ असार १२ गते शुक्रबार १४:१६:४२ मा प्रकाशित

असार १२,सल्यान 
सल्यानमा पहिरोमा पुरिएको अवस्थामा एक जनाको शव फेला परेको छ ।  

जिल्लाको कालिमाटी गाउँपालिका ६ का अन्दाजी ७० वर्षीय वृद्ध डिल्ली बहादुर आलेको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 
कम्मर देखि माथिको भाग पुरिएको अवस्थामा  डाङडुङे खोलाको पहिरोमा बिहिबार शव फेला परेको प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए ।

गत असार ९ गते घाँस ल्याउन जंगल हिडेका  घर नर्फिएका उनको खोजीकार्य भइरहेको थियो । घटनाको थप अनुसन्धान भइ रहेको खतिवडाको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top