ट्रेण्डिङ

होमपेज / समाज

सल्यानका स्थानीय तहमा आइसोलेसन निमार्ण कार्य तिव्र

  सल्यान खबर २०७७ असार ८ गते सोमबार १५:३२:०६ मा प्रकाशित

असार ८, सल्यान  
सल्यानका स्थानीय तहहरुले आइसोलेसन निमार्ण कार्यलाई तिव्रता दिएका छन् । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्लाका तीन स्थानीय तहले आइसोलेसन निमार्णलाई तिव्रता दिएका हुन । 

बनगाड कुपिण्डे नगरपालिकाले एक सय, कपुरकोट गाउँपालिकाले ५० शश्याको आइसोलेसन निमार्ण गरेका छन् । बनगाड नगरपालिकाले श्री प्रभाकर माध्यमिक विद्यालयको भवनमा अस्थायी एक सय शश्याको आइसोलेसन निमार्ण गरेको छ भने कपुरकोट गाउँपालिकाले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय किमचौरमा ५० शश्या र दार्मा गाउँपालिकाले जनज्योति माध्यमिक विद्यालय फारुलाचौरमा ३५ शश्याको आइसोलेसन निमार्ण गरेका छन् । 

सम्भावित कोरोना संक्रमितको उपचारलाई प्रभावित हुन नदिन स्थानीय तहरुमा आइसोलेसन निमार्ण गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए । 
बनगाड नगरपालिका र कपुरकोट गाउँपालिकाले आइसोलेसन निमार्ण सम्पन्न गरेको भएता पनि बागचौर नगरपालिकाले निमार्ण थालनी नगरेको उनको भनाई छ ।

 कोरोना संक्रमितहरुलाई उपचारको सहजताका लागि प्रदेश सरकारको कोषबाट बजेट विनियोजन भई स्थानीय तहहरुमै आइसोलेसन निमार्ण गरिएको उनले बताए । उनले भने कोरोना संक्रमितहरुको संख्या बढ्दै जाँदा उपचारमा समस्या नहोस भनेर आइसोलेसन निमार्ण गरिएको छ । 

यस अघि जिल्ला विपद् व्यवस्थापन समितिले शारदा नगरपालिकाको सल्यान बहुमुखी क्याम्पसमा एक सय शश्या र स्वास्थ्य कार्यालय सल्यानले अस्पतालमा २५ शश्याको आइसोलेसन निमार्ण गरी सकेका छन् । जिल्ला भर २ सय ७५ शश्याको आइसोलेसन निमार्ण भएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top