होमपेज / समाज
असार १, सल्यान
सल्यानको छत्रेश्वरी गाउँपालिकाका विभिन्न क्वारेनटाइनमा बसेका १ सय ६५ जनाको पीसिआर रिर्पोट नेगेटिभ आएको छ ।
रोजगारी तथा अन्य कामको शिलशिलामा भारतमा पुगेका नागरिकहरको गाउँपालिकाले आफैले भिटिएम खरिद गरी स्वाब संकलन गरेको थियो ।
चितवन स्थित कोरोना प्रयोगशालामा पठाइएको सबैको स्वाबको रिर्पोट नेगेटिभ आएको गाउँपालिका अध्यक्ष शन्तोष केसीले बताए । गाउँपालिकाका विभिन्न क्वारेनटाइनमा १४ देखि २६ दिनसम्म बसेका सबैको रिर्पोट नेगेटिभ आएको उनको भनाई छ ।
पीसिआर नेगेटिभ आएपछि सोमबार गाउँपालिकालाई एक हप्ता होम क्वारेनटाइनमा बस्नेगरी घर पठाएको छ । क्वारेनटाइनमा बसेका नागरिकलाई घरसम्म पु¥याउन गाडीको व्यवस्था गरिएको अध्यक्ष केसीको भनाई छ ।





.jpg)