ट्रेण्डिङ

होमपेज / समाज

दुर्घटनामा गाउँपालिका अध्यक्षको मृत्यु

  सल्यान खबर २०७७ जेठ ३२ गते आइतबार १४:५९:०३ मा प्रकाशित

सवारी दुर्घटनामा परी नवलपरासी (पश्चिम) को प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको मृत्यु भएको छ।

 जिल्ला प्रशासन कार्यालय नवलपरासीको जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सकेर गाउँपालिका फर्किने क्रममा उनी चढेको लु १ झ ३७० नम्बरको गाउँपालिकाको स्कार्पियो गाडी दुर्घटना हुन पुगेको हो । 

उनी सवार गाडी पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दघाट नगरपालिका ४ स्थित लक्छ्मी नगरको पुलमा ठोक्किएर खोलामा खसेको थियो । सो दुर्घटनामा  गम्भीर घाइते भएका उनको नजिकको चिसापानी सामुदायिक अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

उनका भने चालक घाइते भएको प्रहरीले जनाएको छ। बर्दघाटस्थित चिसापानीमा रहेको उनको शब घर लैजान तयारी भैरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top