होमपेज / समाज
२४ जेठ, पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ३२ सय नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कैलाली र डोल्पामा गरी दुई जनाको कारोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छ । यससँगै कोरोना संक्रमणका कारण नेपालमा ज्यान गुमाउनेहरूको संख्या पनि १३ पुगेको छ ।
काठमाडौंमा ४ संक्रमित भेटिए
मन्त्रालयका अनुसार काठमाडौंका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरू ३१ र ३५ वर्षीया महिला र ३६ र ४६ वर्षीय पुरुष रहेका छन् ।
यस्तै, भक्तपुर कमल विनायककी ३१ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेशमा १७ जना कोरोना संक्रमित थपिएका छन् । स्याङ्जामा १०, कास्की र नवलपरासी बर्दघाट सुस्तापूर्व ३–३ जना तथा बागलुङमा एक जनामा संक्रमण पुष्टि भएको हो ।
प्रदेश ५ मा कति थपिए ?
कपिलवस्तुमा ५० जना संक्रमित थपिएका छन् । उनीहरूमध्ये ३९ जना महाराजगञ्ज नगरपालिकाका छन् । संक्रमित हुनेमा ६ महिनाकी बालिका र ४ वर्षका बालक पनि छन् ।
यस्तै, विजयनगरको क्वारेन्टिनमा रहेका ११ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
बर्दियाका २८ जनामा पनि संक्रमण पुष्टि भएको छ । राजापुर, मधुवन, गुलरिया, बदैयाताललगायतका स्थानीय तहको क्वारेन्टिनमा रहेका संक्रमितमध्ये एक २५ वर्षीया महिला छन् भने अरू १५ देखि ६० वर्षका पुरुष छन् ।
यस्तै, बाँकेका १२ जनामा संक्रमण पुष्टि भएको छ । नेपालगञ्ज, वैजनाथ र खजुराका उनीहरूमध्ये दुई जना २३ र ४१ वर्षका महिला र अरू सबै पुरुष हुन् ।
नवलपरासीका दुई जना, रुपन्देहीमा ३ जना र अर्घाखाँचीमा एक जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ ।
कर्णालीका थप ९९ जनामा संक्रमण पुष्टि
कर्णाली प्रदेशमा थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरूमध्ये ४७ जना दैलेखका छन् । महाबु गाउँपालिकाका ४३ जनाको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमित हुनेमा ५ र १८ महिनाका शिशु समेत छन् । यस्तै ४ जना दुल्लुका हुन् ।
सल्यानको बनगाढ कुपिण्डेका ३८ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमध्ये २१ वर्षकी दुई महिला छन् भने अरू सबै पुरुष हुन् ।
यस्तै, सुर्खेतका नौ जना, जाजरकोटका चार जना र डोल्पाका एक जनामा संक्रमण पुष्टि भएको छ ।
सुदूरपश्चिममा १३ संक्रमित थपिएका छन् ।
उनीहरूमध्ये ६ जना बझाङको खप्तडाछान्ना गाउँपालिका–३ को क्वारेन्टिनमा बसेकाहरू छन् । यस्तै, कञ्चनपुर महाकालीका ३८ वर्षीय पुरुष, काठमाडौं घर भई कञ्चनपुरमा रहेका १८ र ३८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै, कैलालीको धनगढी र गोदावरी ४१ र ५५ वर्षीय पुरुष, अछाम मंगलसेनको क्वारेन्टिनमा रहेकी ५२ वर्षीया महिला र डडेलधुराको नवदूर्गा क्वारेन्टिनमा रहेका २१ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १३
कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण कैलाली र डोल्पामा एक-एक जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पतालको डायलासिस कक्षमा ५५ वर्षीया महिलाको मृत्यु भएको छ
उनको कोरोना पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।
डोल्पामा पनि एक जनाको मृत्यु भएको छ । जगदुल्ला गाँउपालिका-३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो ।
उनि जेठ १८ गते नेपालगञ्ज-सुर्खेत-जुम्ला हुँदै डोल्पा पुगेका थिए र आरडीटी रिर्पोट नेगेटिभ आएपछि होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएको थियो ।
उनको उनको २० गते निधन भयो । निधनपछि पीसीआर परीक्षण गर्दा रिपोट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । उनी लामो समयदेखि दमको रोगले पीडित थिए ।





.jpg)