ट्रेण्डिङ

होमपेज / समाज

सामाजिक विकास मन्त्रालयले त्रुटी सच्यायो, सल्यानमा कोरोना संक्रमित ५४

  सल्यान खबर २०७७ जेठ २२ गते बिहीबार १६:०८:५० मा प्रकाशित

जेठ २२, सल्यान  : सामाजिक विकास मन्त्रालयले संक्रमितको वितरण त्रुटि सच्याएको छ ।  

गत १९ गते सोमबार मन्त्रालयले निकालेको विज्ञप्तिमा बनगाड कुपिण्डे नगरपालिका वडा न ३ का नौ जनामा कोरोना भएको पुष्टि गरेको थियो । मन्त्रालयले आज प्रेस विज्ञप्ती जारी गर्दै १७ र १९ वर्षका दुई जनाको भुलबस रिर्पोटिङ भएको जनाएको छ । 

सामाजिक विकास मन्त्रालयले तथ्यांक अवडेटमा दुई जना संक्रमितलाई दोहो¥याएर अपडेट गरेको थियो । यो सँगै बनगाड कुपिण्डे नगरपाकिामा ४२, दार्मा गाउँपालिकामा ९, कुमाख गाउँपालिकामा २ र कपुरकोट गाउँपालिकामा गरी ५४ संक्रमित रहेका छन् । 

संक्रमित मध्ये बनगाड कुपिण्डे नगरपालिकाका १३ जना प्रदेश अस्पताल सुर्खेत, १२ जनाको सल्यान अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । दार्मा गाउँपालिकाका ९ जनाको गाउँपालिकामा नै निमार्ण गरिएको आइसोलेसनमा उपचार भइरहेको छ ।  बनगाड कुपिण्डे का १७, कुमाखका २ र कपुरकोटका १ जनाको स्थानीय क्वारेनटाइनमा नै उपचार भइरहेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top