होमपेज / समाज
८ जेठ २०७७,सल्यान
भारतबनाट फर्किएका सल्यानका ५८ जनाको आरडिटी परीक्षण गरिएको छ ।
रोजगारीका लागि भारत पुगेका उनीहरु बुधबार राती कपुरकोट नाकामा आइ पुगेका थिए । भारतबाट आएका ५८ र गाडीका चालक सहचालक गरी ६० जनाको आरडिटी परीक्षण गरिएको र सबैको रिर्पोट नेगेटिभ आएको कपुरकोट गाउँपालिकाले जनाएको छ ।
कोभिड १९ कपुरकोटका फोकल पर्सन देवेन्द्र कुमार सेनका अनुसार वनगाडका ३६ जना, दार्मा गाउँपालिकाका १९ जना, कपुरकोट, छत्रेश्वरी, कुमाखका एक /एक जना र चालक तथा सहचालक गरी ६० जनाको आरडिटी रिपोर्ट नेगेटिभ आएको छ । कपुरकोट गाउँपालिकाले हेल्थ डेस्का कोरोना परिक्षण गरेकाहरुलाई रिपोर्ट दिएर पठाएको छ ।
आरडिटी परीक्षणमा रिर्पोट नेगेटिभ आएपछि उनीलाई सम्बन्धित पालिकामा पठाइएको र पालिकाहरुले स्थापना गरेका क्वारेनटाइनमा बस्न आग्रह गरिएको उनको भनाई छ ।





.jpg)