होमपेज / समाज
बैशाख ३०, २०७७ सुर्खेत :
कर्णाली प्रदेश सरकारले कर्णालीका सम्पूर्ण जनताको प्राकृतिक विपदको जोखिम दुर्घटना बीमा लागु गरेको छ।
कर्णालीका १७ लाख ७० हजार जनता र कार्यरत राष्ट्रसेवक कर्मचारीको प्राकृतिक विपद जोखिम दुर्घटना बीमा लागू गरेको हो। यही चैत्र देखी लागू हुनेगरी कर्णाली प्रदेश सरकारले समाजवादी कार्यक्रमको सुरूवात भन्दै बीमा कार्यक्रम लागू गरेको प्रदेश सरकारले जनाएको छ। सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालय र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सहकार्यमा बीमा कार्यक्रम लागू भएको हो।
एक करोड पचास लाख नौ हजार ६ सय रुपैयाँ खर्चेर प्राकृतिक विपद जोखिम सामूहिक दुर्घटना बीमा कार्यक्रम अघि बढाइएको हो। यो बीमा कार्यक्रम यही चैत्र एक गते देखि लागु हुने गरी योजना तयार गरिएको छ। बीमाका लागि प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रति व्यक्ति आठ रुपैयाँ ४८ पैसा प्रतिवर्ष लगानी गर्ने र त्यसबाट प्राकृतिक विपदमा ज्यान गुमाएका कर्णालीका नागरिकले प्रति व्यक्ति दुई लाख रुपैयाँ पाउने छन्।
कर्णालीका जनताको बीमा गर्ने र प्राकृतिक विपदमा परी कुनै नागरिक र ६ माहिनादेखि कार्यरत राष्ट्रसेवक कर्मचारीको मृत्यु भएमा राहतस्वरुप बीमाले एक लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरिएको छ।
असोज एक गते नै कम्पनीसँग सम्झौता भएपनि राहत रकम बढाएर कार्यक्रम ल्याइएको हो। यसअघि प्रदेश सरकारले पत्रकारका लागि पनि स्वास्थ्य बीमा र दुर्घटना बीमा ल्याइसकेको छ।





.jpg)