ट्रेण्डिङ

होमपेज / समाज

नेपालमा एकै पटक थपिए १७ जना कोरोना संक्रमित

संक्रमितको संख्या ९९ पुग्यो

  सल्यान खबर २०७७ बैशाख २४ गते बुधबार १७:५१:४५ मा प्रकाशित

बैशाख २४, २०७७

नेपालमा एकैपटक १७ जना कोरोना भाइरस संक्रमित भेटिएका छन्। पर्साको वीरगञ्जका थप १७ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार आयोजित नियमित प्रेस ब्रिफिङमा यसबारे जानकारी दिएका हुन्। देवकोटाले कोरोना पुष्टि भएकाहरुमा २ महिनादेखि ६६ वर्षकासमेत रहेको जानकारी दिएका छन्।

डा. देवकोटाका अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट १० जना पुरुष र ७ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो। उनीहरु सबैजना पर्सा जिल्लाका निवासी हुन् उनका अनुसार हालसम्म २२ जना कोरोना संक्रमित निको भएका छन्।

पछिल्लो पटक विराटनगरबाट ६ जना भारतीय जमातीहरु निको भएर बुधबार डिस्चार्ज भएका छन्।  डा. देवकोटाका अनुसार देशभर भेटिएका संक्रमितमध्ये ७१ जना पुरुष छन् भने २८ जना महिला रहेका छन्। 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top