होमपेज / समाज
वैशाख २२, सल्यान
सल्यानको सिद्ध कुमाख गाउँपालिकाले दोस्रो चरण र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) परीक्षण गरेको छ । दोस्रो चरणमा १५ जनाको परीक्षणमा सबैको रिर्पोट नेगेटिभ आएको सिद्ध कुमाख गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको निराजन माध्यमिक विद्यालयको क्वारेनटाइनमा रहेका ६ जना, वडा न ४ को खार्वन क्वारेनटाइनमा ४ र वडा न १ को होम क्वारेनटाइनमा रहेकका ५ गरी १५ जनाको नमुना परीक्षण गरिएको गाउँपालिकाका सूचना अधिकारी भिमलाल भण्डारीले बताए ।
सबैको रिर्पोट नेगेटिभ आएसँगै क्वारेनटाइनमा रहेका सबैलाई घर पठाइएको उनको भनाई छ । घर फर्किएका सबैलाई कोरोना भाइरस विरुद्धका नीतिहरुलाई पूर्णरुपले पालना गर्नु पर्ने बताइएको भण्डारीले बताए ।
यस अघि पनि गाउँपालिकाले भारत लगायत अन्य मुलुकबाट फर्किएका ४५ जनाको आरडिटी परीक्षण गरेको थियो ।





.jpg)