ट्रेण्डिङ

होमपेज / समाज

सल्यानी युवा सञ्जालद्धारा प्राथमिक स्वास्थ्य केन्द्र थारमारेलाई सुरक्षा कवज प्रदान

  सल्यान खबर २०७७ बैशाख १४ गते आइतबार १८:५७:०५ मा प्रकाशित

वैशाख १४, सल्यान 
सल्यानी युवा सञ्जाल बागचौर नगर कमिटिले प्राथमिक स्वास्थ्य केन्द्र थारमारेलाई सुरक्षा कवज प्रदान गरेको छ । कोरोना भाइरसको उपचारमा खटिएका स्वास्थ्यकर्मीको सुरक्षाका लागि सुरक्षा कवज प्रदान गरिएको हो ।


 नगर कार्य समितिले बागचौरु नगरपालिका मार्फत प्राथमिक स्वास्थ्य केन्द्रलाई  मुख छोप्ने कभर (Face Visor) उपलब्ध गराएको जनाइएको छ । प्रोटेक नेपालको निमार्ण र राष्ट्रिय आविष्कार केन्द्रको सहजीकरणमा कोरोना भाइरसको उपचारमा खटिएका स्वास्थ्यकर्मीको सुरक्षाको लागि मुख छोप्ने कभर उपलब्ध गराइएको बामदेव केसीले बताए ।

 
सञ्जालले चार थान जिल्ला अस्पताल सल्यान, र जिल्लामा रहेका दुई प्राथमिक स्वास्थ्य केन्द्रमा २ २ थान उपलब्ध गराएको उनको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top