ट्रेण्डिङ

होमपेज / समाज

पत्रकार कोरोनाको जोखिममा रहेको भन्दै स्वास्थ्य सुरक्षा दिन पत्रकार महासंघको आग्रह

  सल्यान खबर २०७७ बैशाख ३ गते बुधबार १४:४९:०० मा प्रकाशित

चैत ३, सल्यान 
नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशले  कोरोना भाइरसको जोखिमा कर्णाली प्रदेशका पत्रकारहरु रहेको भन्दै कर्णाली प्रदेशलार्य ध्यानाकषर्ण गराएको छ । कोभिड १९ को जोखिममा पत्रकाहरु पनि रहेको बताउदै महासंघले  कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ । 

विश्वभर त्रास फैलाएको कोरोना भाइरसको प्रभाव कर्णाली प्रदेशका सञ्चारमाध्यममा पनि परेको छ । कर्णाली प्रदेशका १० वटै जिल्लाका छापा माध्यमहरु पूर्णतः बन्द भएका छन् पत्रकार महासंघ कर्णाली प्रदेशले जनाएको छ ।

यद्यपी कोरोनाको त्रास र लकडाउनको प्रभावसँगै जुध्दै सञ्चारकर्मीहरु अहिलेसम्म समाचार सम्प्रेषण भने गरिरहेका महासंघले जनाएको छ ।

कोरोना भाइरसका कारणले कर्णाली प्रदेशका सुर्खेत, जाजरकोट, दैलेख, सल्यान, रुकुम, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट जिल्लाबाट प्रकाशन हुने सबै पत्रपत्रिकाहरु बन्द रहेको नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका महासचिव दीपेन्द्र शर्माले बताए । ‘प्रदेशका १० जिल्ला

कर्णाली प्रदेशका सबै पत्रकारहरु लकडाउनको प्रभावमा परेका छन् । प्रेस पास हुँदा पनि प्रशासनले सहज आवतजावत गर्न नदिने समस्या, सवारी साधनको समस्या, मास्क, सेनिटाइजर, ग्लोव लगायतका आवश्यक स्वास्थ्य सामाग्रीहरुको अभाव झेल्नुपरे महासचिव शर्माले बताए । ‘कर्णाली प्रदेशका १० वटै जिल्लामा कार्यरत पत्रकारहरुले आआफ्नो क्षेत्रबाट रिपोर्टिङ गर्दै आएका छन् ।’ उनले भने,‘लकडाउनमा पनि फिल्डमा कार्यरत सबै पत्रकारहरुलाई यी सामाग्रीहरु प्रयाप्त रुपमा वितरण गरिनु जरुरी छ ।’

मिडियाहरु बन्द भएपछि मिडियाकर्मीहरुमा आर्थिक समस्या परेको महासचिव शर्माले जनाए । ‘उचित पारिश्रमिक नपाउने र भनेको समयमा पारिश्रमिक नपाउने गरेको नेपाली मिडिया क्षेत्रमा अब मिडिया नै बन्द भएपछि झन ठूलो समस्या देखिने निश्चित छ । त्यसको प्रभाव बहुआयामिक हुन्छ ।’ उनले भने,‘त्यस्तै अब सञ्चारमाध्यमहरुको आम्दानी पनि ह्वात्तै घट्ने देखिन्छ । मिडियाहरुको आम्दानीको स्रोत विज्ञापन बजार हो । तर, सबै क्षेत्रहरु बन्द रहेका कारण विज्ञापनबाट हुने आम्दानी बन्द भएको छ ।’

मिडिया र मिडियाकर्मीका लागि विशेष सुविधा प्रदान गर्न हामी आग्रह हामीले प्रदेश सरकारलाई आग्रह गरेका महासचिव शर्माले बताए । ‘महामारीका बेला पनि नागरिकलाई समाचार सम्प्रेषणमा लागि परेका पत्रकारलाई आवतजावतका लागि सहज पासको व्यवस्था गर्न , सम्बन्धीत सञ्चार गृहको परिचयपत्रका आधारमा , उनीहरुका लागि मास्क, स्यानिटाइजर, पञ्जा तथा अन्य आवश्यक औषधीको व्यवस्था गर्न पनि हामी राज्यका निकायसँग माग गर्दछौ ।

’ उनले भने,‘ संकटकालीन स्थिति तथा यस्तै विपतमा सबैभन्दा बढी फेक न्यूजले ठूलो अफवाह फैलाउने र नागरिकमा त्रास उत्पन्न गर्ने स्थिति बन्दछ । त्यसैले हामी आम सञ्चारकर्मीहरुलाई हरेक सूचनाहरुलाई आफैले भेरिफाई गरेर मात्र प्रकाशन तथा प्रशारण गर्न आग्रह गर्दछौ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top