ट्रेण्डिङ

होमपेज / समाज

सिद्ध कुमाख गाउँपालिका दुईमा राहत वितरण

  सल्यान खबर २०७६ चैत्र २७ गते बिहीबार १७:२१:१५ मा प्रकाशित

चैत २७, सल्यान 
जिल्लाको सिद्ध कुमाख गाउँपालिकाले पनि अति विपन्न तथा ज्याला मजदुरी गर्ने परिवारलाई राहत वितरण सुरु गरेको छ । गाउँपालिकाको वडा न २ मा बुधबार पहिलो पटक वडाका ३६ अति विपन्न तथा दैनिक जिविकोपार्जन गर्न समस्या भएका घरधुरीलाई राहत वितरण गरेको हो । 


वडाका सम्पूर्ण टोल टोलमा पुगी  संकलन गरेको तथ्यांकका आधारमा राहत वितरण गरिएको दुई नं. वडा अध्यक्ष रुद्र बुढाथोकीले बताए ।  कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि आह्वान गरिएको लकडाउनका कारण समस्यामा परेका परिवारलाई राहत वितरण गरिएको उनको भनाई छ । 


दैनिक ज्याला मजदुरी गरेर बिहान बेलुकाको छाक टार्नुपर्ने तथा विपन्न समुदायाका मानिसलार्य राहत वितरण गरिएको उनले बताए । उनीहरुलाई प्रति परिवार चामल २५ किलो, दाल २ किलो , नुन १ किलो, तेल  एक लिटर वितरण गरिएको छ । लकडाउनका कारण वास्तवमै मर्कामा परेका जिपन्न समुदायलाई वडाले राहत वितरण गरेको र लकडाउन लम्बिए पुर्ण राहत वितरण गरिने अध्यक्ष बुढाथोकीले बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top