होमपेज / समाज
२o८२ भदौ ७
वन तथा खेतियोग्य जमिन मिचाहा वनस्पतिले ओगट्न थालेपछि सल्यानमा यसको विस्थापन र व्यवस्थापनको अभियान थालिएको छ । वनस्पति अनुसन्धान केन्द्र सल्यान, जिल्ला प्रशासन कार्यालय सल्यान र जिल्ला वन कार्यालय सल्यानको संयोजनमा जिल्लाका विभिन्न क्षेत्रमा फैलिएको मिचाहा वनस्पतिको विस्थापन र व्यवस्थापन सुरु गरिएको छ ।
सल्यानमा दर्जन बढी मिचाहा प्रजातिका वनस्पति रहेको पाइएको छ । काँडेवनमारा, कालो वनमारा, सेतो वनमारा, सेतो गन्धे झार, निलो गन्धे झार, पटपटे, पाति झार लगायतका दर्जन भन्दा बढी मिचाहा वनस्पति पाइएको वनपति अनुसन्धान केन्द्र सल्यानले जनाएको छ । विगतका वर्षहरुमा यस्ता वस्पति जिल्लामा नभएपनि पछिल्ला केही दशकयता भने यी वनस्पतिले धेरै क्षेत्र ओगटी सकेको वनस्पति अनुसन्धान केन्द्र सल्यानका प्रमुख डा. मित्र पाठकले बताउनु भयो । उहाँले भन्नु भयो ‘जैविक विविधताको नाश गर्ने मुख्य कारकमध्ये एक मिचाहा प्रजातिलाई मानिन्छ । रैथाने प्रजातिका वनस्पतिर्ला पछि पार्ने वा तिनकै शिकार गरेर यस्ता प्रजातिको असर देखिएको छ ।’
किसानका खेतवारीदेखि घरआँगन र वनजंगल जतापनि मिचाहा प्रजातिका वनस्पति फैलिएका छन् । यसले माटोमा प्रतिकुल असर पार्नुका साथै स्थानीय उत्पादनमा समेत ह्रास ल्याउनुका साथै पारिस्थितिकीय प्रणालीमा समेत प्रभाव पारेको छ । मिचाहा वनस्पतिकै कारण तरकारी खेतीको उत्पादनमा समेत ह्रास आउन थालेको कपुरकोट गाउँपालिका ३ मुलपानीकी किसान मिन कुमारी बुढाथोकीले बताए। वस्तुभाउले पनि नखाने र तरकारी लगाउने खेतबारीमा समेत फैलिएका कारण उत्पादनमा समेत कमी आउन थालेको उनकाे भनाइ छ । उनले भने ‘कपुरकोट तिर पहिले यस्तो झार देखिएको थिएन । पाँच छ वर्ष देखि यो देखिन थालेको हो । अहिले आफूले उपभोग गर्दै आइरहेको खेतबारीमा समेत फैलिन थालेको छ । जसका कारण उत्पादन घट्दै गएको छ भने वस्तुभाउलाई खुवाउने घाँस समेत हराउन थालेको छ ।’
मिचाहा वनस्पतिको तिब्र फैलावटले पारिस्थितिक प्रणाली र खाद्यचक्रमा नै असर गरेको कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेलले बताउनु भयो । मिचाहा वनस्पतिका कारण स्थानीय तथा रैथाने र लाभदायी वनस्पतिहरु लोप हुँने अवस्थामा पुगेको उहाँको भनाई छ । चालु आर्थिक वर्ष २०८२/०८३ लाई गाउँपालिकाले हरित वर्ष घोषणा गरेको बताउँदै पौडेलले भन्नु भयो ‘हरित वर्ष अन्तर्गत खाद्यचक्रमा असर गर्ने तथा रैथाने वनस्पतिलाई विस्थापन गर्ने मिचाहा वनस्थपतिको प्रतिस्थापन गर्दै बहुआयामिक वनस्पतिहरु रोप्ने कार्यक्रम छ ।’
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवदीले मिचाहा वनस्पतिले कृषिसँगै वन वातावरणलाई नै असर गरेकाले यसलाई हटाउने र न्यनिकरण गर्ने अभियानको सुरुवात गरेको बताउनु भयो । मिचाहा प्रजातिको प्रकृति हेरी केहीलाई व्यवस्थापन र केहीलाई विस्थापन गर्ने कार्य भइरहेको उनले भने । उनले भने ‘कतिपय वनस्पतिलाई जैविक मल बनाउन सकिने खालका छन् भन् केहीलाई विस्थापन नै गर्नु पर्ने छ । विस्थापन गरिएको स्थानमा जडिबुटी र फलफूलका विरुवा रोपन कार्यलाई अघि बढाइएको छ ।’





.jpg)