ट्रेण्डिङ

होमपेज / समाज

सांग्रिला विकास बैंक सल्लीबजारद्धारा सडकमा सचेतामुलक होडिङ बोेर्ड

  इन्द्र बुढाथोकी २०८२ श्रावण २ गते शुक्रबार १५:०६:२७ मा प्रकाशित

सांग्रिला विकास बैंक लिमिटेड, शाखा कार्यालय सल्लिबजारले  सडकमा सचेतनामुलक बोेर्डहरु राखेको छ ।  संस्थागत सामाजिक उत्तरदायित्व(CSR) कार्यक्रम अन्तर्गत धारापानीदेखि देवस्थल भेरी पुलसम्म सचेतनामूलक बोर्डहरू राखिएको हो । 

सडक सुरक्षा, सरसफाइ, वातावरणीय चेतना, र सामाजिक सद्भावना प्रवर्द्धन गर्ने उद्देश्यले उक्त स्थानहरूमा विभिन्न सन्देशमूलक बोर्डहरू जडान गरिएको हो। सांग्रिला विकास बैक सल्लीबजारले जनाएको छ ।  स्थानीय बासिन्दा र यात्रुहरूलाई सचेत बनाउने लक्ष्यसहित गरिएको यस कार्यको सफलतामा देवस्थल प्रहरी चौकीको सक्रिय सहयोग अत्यन्त महत्वपूर्ण रहेको सांग्रिला विकास बैंकले जनाएको छ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्दै समुदायप्रति जिम्मेवार संस्थाका रूपमा यस्ता गतिविधिहरूलाई निरन्तरता दिँदै आएको छ। कार्यक्रममा बैंकका शाखा प्रमुख, स्थानीय सरोकारवाला निकायहरू, र देवस्थल प्रहरी प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

Shangri-la Development Bank Ltd. सल्लिबजार शाखाले देवस्थल प्रहरीलाई विशेष धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि यस्ता सकारात्मक सामाजिक पहलमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top