होमपेज / समाज
असार २६,सल्यान
डिभिजन वन कार्यालय सल्यानले उत्कृष्ट कार्य गर्ने वन समहुहरुलाई पुरस्कारसहित सम्मान गरेको छ । यस आर्थिक वर्षमा उत्कृट काम गर्ने सामुदायिक वन तथा कबुलियत वन समुहहरुलाई बिहिवार एक कार्यक्रमका बीच सम्मान गरिएको हो ।
सामुदायिक वनको संरक्षण, सम्बर्द्धन, सदुपयोग र समूहको संस्थागत विकासको साथै समग्र वन व्यवस्थापनमा उल्लेखनीय भुमिका गरेको भन्दै उत्कृष्ट वन समुह छनौट गरेर पुस्कार तथा सम्मान प्रदान गरिएको वन अधिकृत तथा सुचना अधिकारी ललित जङ्ग खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार सामुदायिक वन तर्फ सल्लेरी सामुदायिक वन उपभोक्ता समुह बनगाड कुपिण्डे नगरपालिका ४ डोप्के प्रथम, भुवनेश्वरी सामुदायिक वन उपभोक्ता समुह छत्रेश्वरी गाउँ पालिका ६ लान्ती दोश्रो र जालमारे सामुदायिक वन उपभोक्ता समुह सिद्ध कुमाख गाउपालिका १ तृतीय भएका छन । उत्कृष्ट स्थान हाँसिल गर्न सफल वन समुहलाई क्रमश १५ हजार, १२ हजार, र १० हजार नगद रुपैयाँ र प्रशंसा पत्र सहित सम्मान गरिएको हो ।
त्यसैगरी कबुलियत वन तर्फ हरियाली कबुलियत बन समुह कालिमाटी गाउपालिका द्द सल्यान प्रथम, सिम कबुलियत वन समुह बनगाड कुपिण्डे नपा १ बेलखोला दोश्रो र लाली गुराँस कबुलियत वन समुह शारदा नपा ६ मदमकाडा तेस्रो भएका छन । पुरस्कृत कबुलियत वन समुहलाई क्रमश १५ हजार, १२ हजार र १० हजार नगद रुपैयाँ र प्रशंसा पत्र सहित सम्मान गरिएको वन अधिकृत खड्काले जानकारी दिनु भएको छ ।
सम्मान कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय प्रमुख टेकबहादुर रावलले सामुदायिक र कबुलियत वनको अधिकार अहिले राज्य स्थानीय समुदायलाई नै दिएको र त्यसको सबैले सरक्षण गर्नुपर्ने बताउनु भयो । विगतमा राष्ट्रिय वन हुँदा जथाभावी प्रयोग हुने गरेको र वन कार्यालयले मात्र सरक्षण गर्न नसक्ने हुँदा यो अधिकार स्थानीय समुहलाई दिएको उहाँको भनाई छ ।
वन कार्यालयको समन्वयमा इमानदारीता र लगनशीलका साथ समुह र समग्र वन व्यवस्थापन कार्यमा नविनतम आयाम थप्न उहाँले सबैलाई आग्रह गर्नु भएको छ । सल्यान जिल्लामा जम्मा ६३० सामुदायिक वन र २०३ कबुलियत वन रहो छन् । कार्यक्रममा जिल्ला समन्वय प्रमुख बेलाराम रावल, उप प्रमुख असविर बुढाथोकी, सामुदायिक वन उपभोक्ता महा संघ जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्य लगाएको उपस्थिति रहेको थियो ।





.jpg)