होमपेज / समाज
असार २२,सल्यान
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले यस आर्थिक वर्ष र अघिल्लो आर्थिक वर्षमा गरेर ४७ वटा कार्यालयहरुमा ई हाजिरी जडान गरेको छ ।
नगरपालिकाले अहिले सम्म नगरपालिकामा, वडा कार्यालयहरु १२ वटा, स्वास्थ्य चौकी ७ वटा, माध्यामिक विद्यालय ८ वटामा गत वर्ष र यो आर्थिक वर्षमा आधारभूत विद्यालय १० वटा, प्राथमिक विद्यालय ३ वटा, आधारभूत ५ र एउटा शहरी गरि ६ वटा स्वास्थ्य सेवा केन्द्रमा ई हाजिरी जडान गरिएको बनगाड कुपिण्डे नगरपालिका सूचना अधिकारी शिवराज नकालले जानकारी दिनु भएको छ ।
कर्मचारीहरुको अनियमितता रोक्न र जनताको काममाहरुमा सहज हुने सुशासन कार्यम गर्न ई हाजिरी जडान गरिएको नगरपालिकाले जनाएको छ ।प्रविधिको प्रयोग मार्फत कर्मचारीलाई सेवाप्रति थप जिम्मेवारी बनाउने लक्ष्यकासाथ ई–हाजिरीको व्यवस्था गरिएको नकालको भनाई छ ।





.jpg)