होमपेज / समाज
इन्द्र बुढाथोकी असार १,सल्यान
सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा न ३ औलवेशीमा नवनिर्मित वडा कार्यालय भवनको आइतबार नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले समुद्घाटन गर्नुभएको छ ।
समुद्घाटन कार्यक्रममा उपप्रमुख पुरुषोत्तम आचार्य, २ न वडा अध्यक्ष मानबहादुर खत्री, ६ न वडा अध्यक्ष गणेश वि सी, ३ न पूर्व वडा अध्यक्ष टेकबहादुर पुन लगायतले मन्तव्य राख्दै स्थानीय तहको सेवा प्रवाह थप प्रभावकारी, जबाफदेही र नागरिकमैत्री हुने विश्वास व्यक्त गर्नुभयो । विगतमा भाडामा कार्यालय सञ्चालन गर्नुपरेको बाध्यता अन्त्य भएको भन्दै निर्माणमा सहकार्य गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो ।
साथै नगरपालिका सबै वडामा आफ्नै कार्यालय बाट सेवा सुचारु गर्नको लागि अगाडि बढिरहेको र अब छिट्टै अन्य वडा कार्यालयहरू पनि उद्घाटन हुने बताएको छ ।
विद्यालय अनुगमन भएको र प्र अ को इच्छा चाहना भएमा विद्यालय सुधार हुने समेत बताउनु भएको छ । शिक्षा सुधारका लागि अभिभावकको पनि त्यतिकै भूमिका रहेको र नियमित अनुगमन गर्नु पर्ने बताउनु छ । शिक्षा सुधार भएमा समाज सुधार हुने समेत बताउनु भएको छ । सबैको सहयोगमा नगरपालिका समृद्ध बनाउन सकिने नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले बताउनु भएको छ ।
भौतिक पूर्वाधार तर्फ धेरै काम गर्दा पनि जनताका आवश्यकता पूरा गर्न नसकिएको र त्यसलाई बिस्तारै पूरा गर्ने बताउनु भएको छ । घोषण पत्र अनुसार आफूहरूले काम गरिरहेको उप प्रमुख पुरुषोत्तम आचार्यले बताउनु भएको छ । २ वर्षमा अझै जनताका समस्या समाधान गर्ने समेत उहाँले बताउनु भएको छ । योजना देखि शिक्षा क्षेत्रमा कार्यान्वयन गर्ने र अनुगमन गरिरहेको समेत गरिरहेको बताउनु भएको छ ।
चार कोठा, सभा हल र तीन वटा शौचालयसहितको सो निर्माण कार्य भवन २०८० मङ्सिर १४ गतेदेखि निर्माण थालिएको हो। भने २०८१ साल पुस मसान्तमा सम्पन्न भएको थियो । करिब १ करोड २४ लाखको लागत अनुमान गरिएको यस योजना अन्तर्गत सम्झौता रकम ६२ लाख ११ हजार रुपैयाँ तोकिएको थियो भने हालसम्म ५९ लाख ६७ हजार रुपैयाँ भुक्तानी गरिएको नगरपालिकाले जनाएको छ ।
बालन ब्रदर्श एन्ड कन्स्ट्रक्सन सप्लायर्स तुल्सिपुर दाङले काम गर्ने जिम्मेवारी लिएको थियो ।
यस्तै, भवनको ग्रील, पेटी तथा फिल्ड सहित थप पाँच लाख बराबरको काम नगरपालिकाकै खर्चमा सम्पन्न गरिएको थियो ।
समारोह वडा अध्यक्ष धन बहादुर पुन मगरको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन वडा सचिव ज्ञानेन्द्र शर्माले गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, समाजसेवी स्थानीय समुदाय लगायतको स्थानीय विभिन्न झाकी समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा वडा कार्यालयको भवन निर्माणका लागि ३ रोपनी जग्गा दाता स्थानीय धने बुढा लाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो।





.jpg)