होमपेज / समाज
इन्द्र बुढाथोकी जेठ २४सल्यान
सल्यान वनगाड कुपिण्डे नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा शुक्रबार प्रभाकर माध्यमिक विद्यालय देवस्थलमा संचालन भएको माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियिगितामा सम्पन्न भएको छ ।
हाजिरी जवाफ प्रतियोगितामा नगरपालिकाका १० वटा माध्यमिक विद्यालयका विद्यार्थीहरु सहभागी भएका थिए । जसमा
श्री लङ्ग ग्रीन रिभर ईङ्गलिस बोर्डिङ स्कुल, सल्लिबजार
प्रथम पुरस्कार २७ हजार, श्री कृष्ण बोर्डिङ स्कुल, देवस्थल द्वितीय पुरस्कार २२ हजार, श्री प्रभाकर मा.वि. देवस्थल तृतीय १६ हजार र श्री महेन्द्र मा.वि. आँपचौर
चौथो पुरस्कार ११ हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा नगर प्रमुख कर्ण बहादुर बुढाथोकी ज्यूको प्रमुख अतिथ्यता, नगर उप प्रमुख श्री पुरुषोत्तम आचार्य, प्रमुख प्रशासकीय अधिकृत श्री गोकर्ण पन्थी, वडा नं. ६ का वडा अध्यक्ष श्री गणेश बहादुर बुढाक्षेत्री, शिक्षा शाखा प्रमुख चक्रबहादुर रावत, मा. वि. तहका प्र.अ. नगरपालिकाका कर्मचारी, विद्यालयलका शिक्षक तथा शिक्षिका, विद्यार्थी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।





.jpg)