ट्रेण्डिङ

होमपेज / समाज

 सल्यान बनगाडमा होटेल रेस्टुरेन्ट तथा होमस्टेको सम्बन्धी तालीम सुरु 

  इन्द्र बुढाथोकी २०८२ जेठ ८ गते बिहीबार २१:०६:३४ मा प्रकाशित

इन्द्र बुढाथोकी जेठ ८,सल्यान 

सल्यान सल्लीबजारमा होटेल रेस्टुरेन्ट तथा होमस्टेको लागी आतिथ्यता सम्बन्धी २ दिने तालिम सुरु भएको छ । सल्यानको वनगाड कुपिण्डे नगरपालिका र सुर्खेतको सिम्ता गाउँपालिका भित्र होटेल रेस्टुरेन्ट गरेका ५० जना तालिममा सहभागी रहेका छन् । कर्णाली प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र सुर्खेत  आयोजनामा बिहीबार देखि सुरु भई शुक्रवार सम्पन्न हुने छ । 

वार्षिक कार्यक्रम अनुसार पर्‍या पर्यटन प्रवर्द्धन गर्ने, पर्यटन आउने सम्भावना भएको क्षेत्रहरूमा यस्तो तालीमको आयोजना गरिएको वन अनुसन्धान तथा प्रशिक्षणका निर्देशक रेणुका न्यौपानेले बताउनु भएको छ । न्यौपानेका अनुसार नेपालका एक सय पर्यटकीय क्षेत्र अन्तर्गत कुपिण्डे दह लगायत भेरी नदी समेत भएकोले पर्यटनको क्षेत्रको राम्रो सम्भावना रहेकोले यश क्षेत्रका होटेल रेस्टुरेन्ट व्यवसायी तालीम दिएको बताउनु भएको छ । 

प्रदेश भित्रका होटेल सम्बन्धी के कस्ता ऐन कानुन , खाद्यान्न सम्बन्धी व्यवस्थापन,  तथा होटेल रेस्टुरेन्ट तथा होमस्टेको लागी आतिथ्यता सम्बन्धी colinary the hospitality center pvt  का प्रशिक्षक केशव बहादुर कठायतले प्रशिक्षण गर्नु भएको थियो  । 

वनगाड कुपिण्डे सब डिभिजन वन कार्यालय सल्लीबजारका प्रमुख कमल चित्रकार, सामुदायिक वन उपभोक्ता महा सङ्घ कर्णाली प्रदेश सचिवालय सदस्य इन्द्रबहादुर बुढाथोकी, लेखा अधिकृत चन्द्रमती बस्नेत, सिम्ता सब डिभिजन गोविन्दलाल गिरि, लगायतको उपस्थिति थियो भने सहजीकरण वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र अधिकृत गगा त्रिपाठीले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top