होमपेज / समाज
चैत २४, सल्यान
मानिसहरुको आवागमनका कारण कोरोना भाइरसको जोखिम बढेको भन्दै तीन जिल्ला जोड्ने झोलङ्गे पुल बन्द गरिएको छ । सल्यान, जाजरकोट र सुर्खेत जोड्ने चार झोलुङ्गे पुल लकडाउन अवधिभर बन्द गरिएको हो ।
भेरी नदीमा तीन जिल्ला जोड्न निमार्ण गरिएका चार झोलुङ्गे पुल लकडाउन अवधिभर बन्द गरिएको बनगाड कुपिण्डे नगरपालिका ४ का वडा अध्यक्ष प्रतिमल बुढाले बताए । बाँखर्क, आलि, राइरा, र छेडाबजारमा निमार्ण गरिएका पुल पूर्ण रुपमा बन्द गरिएको अध्यक्ष बुढाको भनाई छ ।
तीन जिल्लाको सिमा जोडिएको, व्यापार व्यवसाय गर्न तथा आफन्त भेटघाट भन्दै मानिसहरु गाउँमा आउन थालेपछि विपद् व्यवस्थापन समितिको निर्णय बमोजिम पुल बन्द गरिएको उनको भनाई छ । लकडाउन अवधिभर अन्तर वडामा समेत प्रतिवन्ध लगाइएको उनको भनाई छ ।





.jpg)