ट्रेण्डिङ

होमपेज / समाज

सल्यानको सल्लेरी सामुदायिक वनमा एक दिने जलवायु सम्बन्धी गोष्ठी 

  इन्द्र बुढाथोकी २०८१ फाल्गुण १३ गते मंगलबार २०:११:५० मा प्रकाशित

इन्द्र बुढाथोकी फागुन १३,सल्यान 

सल्लेरी सामुदायिक वन उपभोक्ता समूह बनगाड कुपिण्डे नगरपालिका ४ डोप्के सल्यानले एक दिने जलवायु परिवर्तन सम्बन्धी गोष्ठी सम्पन्न गरेको छ ।

उपभोक्ता समूहका ५५ जनालाई जलवायु परिवर्तन र त्यसको असर बारेमा छलफल गरिएको थियो । बनगाड कुपिण्डे नगरपालिका सब डिभिजन वन कार्यालय सल्लीबजारका  प्रमुख कमल चित्रकारले जलवायु परिवर्तन सम्बन्धी जानकारी दिनु भएको थियो । 

पृथ्वीको सतहको तापमान वृद्धि ध्रुवीय बरफको पग्लन र समुद्र सतहमा वृद्धि अनियमित वर्षा, उत्पादन कम, बाढी पहिरो जाने, मुहान सुक्ने, बाढी, खडेरी, र तापक्रम वृद्धिका कारण कृषि उत्पादनमा गिरावट प्राकृतिक प्रकोपहरूको तीव्रता र सङ्ख्या वृद्धि चट्याङ, आँधीबेहरी, तुफान, जङ्गलमा डढेलो जैविक विविधताको क्षति र केही प्रजातिहरूको समेत समस्या आउने गरेको समेत बताउनु भएको छ ।  प्रमुख अतिथि चित्रकारले भन्नु भयो सुख्खा मौसम सुरु भए सँगै आगलागी हुने गरेको समूहले सामुदायिक वन बचाउनु पर्ने समेत बताउनु भएको छ । सामुदायिक वनको लागि बचाउन समूहको महत्त्वपूर्ण भूमिका हुने समेत बताउनु भएको छ । सामुदायिक वनलाई सदुपयोग संवर्द्धन गरेमा आर्थिक लाभ हुने समेत बताउनु भएको छ । 

समूहका अध्यक्ष इन्द्रबहादुर बुढाथोकी अध्यक्षता भएको कार्यक्रमको सञ्चालन सचिव चन्द्रकला विक र स्वागत कोषाध्यक्ष यसोशा बुढाथोकीले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top