होमपेज / समाज
फागुन ११,सल्यान
सल्यानमा बाघको आक्रमणबाट ८ बाख्रा मरेका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ११ पाँचारेमा बाघको आक्रमणबाट खरबारीमा चरि रहेका ८ बाख्रा मरेका हुन भने ७ बाख्रा हराएका छन् ।
बाघको आक्रमणबाट मोहलाल पुन मगरका ४, मदन पुन मगरका २, पहल सिहं विकको १ र धन बहादुर कामीको १ गरी ८ बाख्रा मरेको पिडित मोहलाल पुन मगरले जानकारी दिनु भयो । दिउँसो घर नजिकै रहेको खरबारीमा चरी रहेको अवस्थामा बाघले आक्रमण गरेको थियो । बाघले आक्रमण गरेपछि त्रसिएर मदन पुन मगरका २, तुम्को बुढाको १ भेडा र देव बहादुर पुनको १ भेडा हराएका छन् । घरनिजकैबाट बाघले आक्रमण गर्न थालेपछि स्थानीय त्रसित हुन थालेका छन् ।
घटनाको जानकारी पश्चात नगर उपप्रमुख सहित प्रहरी टोली घटनास्थलमा पुगी अनुगमन गरेको छ । अनुगमन पश्चात आवश्यक क्षतिपूर्तिका लागि डिभिजन वन कार्यालय सल्यानमा समन्वय गर्ने बनगाड कुपिण्डे नगरपालिकाका उपप्रमुख पुरुषोत्तम भट्टराईले जानकारी दिनु भयो ।





.jpg)