होमपेज / समाज
इन्द्र बुढाथोकी असोज २०,सल्यान
डिभिजन वन कार्यालय सल्यानले आर्थिक वर्ष २०८०/ ०८१ मा सामुदायिक वन तथा कबुलियत वन समूहहरूलाई आइतबार एक कार्यक्रमका बिच सम्मान गरेको छ ।
सल्यान जिल्ला भरी रहेका सामुदायिक वनको संरक्षण, सवर्दन, सदुपयोग, र समूहको संस्थागत विकासको साथै समग्र वन व्यवस्थापनमा उल्लेखनीय भूमिका गरेको भन्दै शारदा सामुदायिक वन उपभोक्ता समूह शारदा नगरपालिका १५ प्रथम, स्यालडेरा सामुदायिक वन उपभोक्ता समूह कपुरकोट गाउँपालिका १ दोस्रो, हिमाली सामुदायिक वन उपभोक्ता समूह बागचौर नगरपालिका ५ तेस्रो र सल्लेरी सामुदायिक वन उपभोक्ता समूह बनगाड कुपिण्डे नगरपालिका सान्त्वना भएका छन् । जसमा पुरस्कृत सबैलाई लाई क्रमशः १५ हजार, १० हजार, ७ हजार, र ५ हजार नगद प्रशंसा पत्र सहित सम्मान गरिएको छ ।
त्यस्तै कबुलियत वन तर्फ सृजनशील कबुलियत वन समूह शारदा नगरपालिका २ प्रथम, नवदुर्गा भवानी कबुलियत वन समूह कालीमाटी गाउँपालिका २ दोस्रो र परिबेल कबुलियत वन समूह तेस्रो भएका छन् ती सबै पुरस्कृत कबुलियत वन समूहलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद प्रशंसा पत्र सहित सम्मान गरिएको वरिष्ठ वन अधिकृत तथा सुचना अधिकारी चन्द्रविर गुरुङले जानकारी दिनु भएको छ ।
सम्मान कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय प्रमुख टेकबहादुर रावलले सामुदायिक र कबुलियत वनको अधिकार अहिले राज्य स्थानीय समुदायलाई नै दिएको र त्यसको सबैले संरक्षण गर्नु पर्ने बताउनु भएको छ । विगतमा राष्ट्रिय वन हुँदा जथाभाबी प्रयोग हुने गरेको र वन कार्यालयले मात्र संरक्षण गर्न नसक्ने हुँदा यो अधिकार स्थानीय समूहलाई दिएको बताउनु भएको छ ।
वन कार्यालयको समन्वयमा इमानदारी लगनशीलका साथ समूह र समग्र वन व्यवस्थापन कार्यमा नवीनतम आयाम थप्न सबैलाई आग्रह गर्नु भएको छ । सल्यान जिल्लामा जम्मा ६१६ सामुदायिक वन र २०२ कबुलियत वन रहेको समेत उहाँले बताउनु भएको छ ।





.jpg)