ट्रेण्डिङ

होमपेज / समाज

भारतमा करेन्ट लागेर मृत्यु भएका परिवारलाई आर्थिक सहयोग

  इन्द्र बुढाथोकी २०८० चैत्र १४ गते बुधबार १५:२०:०९ मा प्रकाशित

इन्द्र बुढाथोकी चैत १४,सल्यान 
भारतको अहमदाबादमा करेन्ट लागेर मृत्यु भएका परिवारलाई ३७ हजार ४ सय ८८ रुपैया आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । नेपाल भारत सयुक्त बस ब्यवसायि संघ अम्लि भोपल टिम अहमदवाद गुजरातबाट आर्थिक सहयोग उठाएर पठाएको रामबहादुर रानाले जानकारी दिनु भएको छ ।

सानो भए पनि पीडित परिवारलाई सहयोग होस भनेर भारत अहमदवादमा रहेको नेपालीहरुले  सहयोग उठाएर पठाएको रविन गोसाइँले बताउनु भएको छ । चैत्र ८ गते  सल्यान जिल्ला बनगाड कुपिण्डे नगरपालिका वडा न ४ गर्चे रिठ्ठेचौर बस्ने अन्दाजी ४३ वर्षका हिरालाल बुढाथोकीको काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको थियो । 

उनी रोजगारीको सिलसिलामा केहिदिन पहिला मात्र भारतकै गुजरातबाट अहमदावाद गएका थिए । उनको अहमदावाद स्थित सान्नदा भन्ने ठाउमा सिडि चढ्ने क्रममा खुट्टा चिप्लिएर विजुलीको तारमा पर्दा करेन्ट लागेर घाइते बुढाथोकीको उपचारको क्रममा मृत्यु भएको थियो । मृतक बुढाथोकीका श्रीमति सहित २ छोरा र २ छोरी रहेका छ्न ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top