होमपेज / समाज
चैत्र ,९,सल्यान
भारतको अहमदाबादमा करेन्ट लागेर एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान जिल्ला बनगाड कुपिण्डे नगरपालिका वडा न ४ गर्चेरिठ्ठेचौर बस्ने अन्दाजी ४३ वर्षका हिरालाल हिरालाल बुढाथोकी रहेका छन् ।
उनी रोजगारीको सिलसिलामा केहिदिन पहिला मात्र भारतकै गुजरातबाट अहमदावाद गएका थिए । उनको अहमदावाद स्थित सान्नदा भन्ने ठाउमा सिडि चढ्ने क्रममा खुट्टा चिप्लिएर विजुलीको तारमा पर्दा करेन्ट लागेर घाइते उनको उपचारको क्रममा आज मृत्यु भएको त्यहाबाट हस्त बहादुर रानाले जानकारी दिएका छन
। उनको शव नेपाल ल्याउने तयारी भैरहेको छ । भारतमा रहेका विभिन्न भारत नेपाल यातायात ब्यवसायी संघहरुको आर्थिक सहयोग सङ्कलन गरेर शव ल्याउने तयारी भैरहेको खुमबहादुर खडकाले जानकारी दिनु भएको छ । मृतक बुढाथोकीको शब आज त्यहाबाट हिडाउने तयारी भैरहेको समेत बताएका छन । यातायात व्यवसायी लगाएत आफन्तहरुको सहयोगमा उनको शब नेपाल आउदै गरेको बताइएको छ । मृतक बुढाथोकीका श्रीमति सहित २ छोरा र २ छोरी रहेका छ्न ।





.jpg)