होमपेज / समाज
कालिमाटी गाउँपालिका सल्यानमा कोरोना भाइरसको सम्भावित संक्रमणका वेला अपनाउनुपर्ने पूर्वतयारी गरिएको छ ।
गाउँपालिकाले वडा नम्बर ७ को काप्रेचौर मावि घुईयाबारी,वडा नम्बर ३ को रामपुर मावि, वडा नम्बर ५ को निमावि वालुवा र वडा नम्बर १ को लक्ष्मीपुरमा ८० क्वारेन्टाइन बेड तयारी अवस्थामा राखिएको र आइसोलेसन बेडको समेत तिब्र तयारी गरीरहेको जानकारी दिएको छ । चारै स्थानमा समान २० बेडका क्वारेन्टाइन बनाएको र आबश्यकता अनुसार संख्या बढाउने तयारी गरिरहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मार्सल कुमार ओलीले जानकारी दिएका छन् ।

क्वारेन्टाइनमा राखिएकालाई खाना खुवाउँने तयारी गरिदैं ।
अहिलेसम्म गाउँपालिकामा कोरोना शंकास्पद ब्यक्ति नभेटिए पनि काप्रेचौर मावि घुईयाबारीमा छिमेकी देश भारत र नेपालकै अन्य जिल्लाबाट आएका १४ जनालाई क्वारेन्टाइनमा राखिएको वडा नम्बर ७ का वडा अध्यक्ष नैनसिं राणाले टेलीफोनमार्फत जानकारी दिएका छन् । राणाका अनुसार १४ जना पुरुष र २ महिलालाई अहिले क्वारेन्टाइनमा नै खानपिनको ब्यवस्था गरीएको छ ।
गाउँपालिकाले वडास्तरमा अन्य देशसंगै भारतबाट आएकाहरूको रेकर्ड राख्न सुरु गरीसकेको र उनीहरुको कडा निगरानी गरिरहेको गाउँपालिका अध्यक्ष दानबहादुर केसीले जानकारी दिए । उनले भने,“पछिल्लो समय भारतबाट थुप्रै ब्यक्ती गाउँमा आएको अबस्था छ । उनीहरुलाई क्वारेन्टाकइनमा राखेपनि कोरोना रोकथामका लागि उपचार गर्ने स्वास्थ्य सामाग्री किनेर नपाएको अबस्था छ । तर पनि हामी अहिले कोरोनाबाट मानिसलाई कसरी जोगाउने भनेर सबै लागिपरेका छौं ।”





.jpg)