होमपेज / समाज
इन्द्र बुढाथोकी चैत १,सल्यान
सल्यान बनगाड कुपिण्डे नगरपालिकामा आँखा उपचार केन्द्रको उद्घाटन गरिएको छ । बनगाड कुपिण्डे नगरपालिका र नेपाल रेडक्रस सोसाइटी आँखा अस्पताल सुर्खेतको सयुक्त सहकार्यमा बिहीबार उपचार केन्द्र संचालन भएको छ । ७५ वर्षीया नौरति विकको आँखा चेकजाँच गरेर सेवा सुभारम्भ गरिएको छ ।
केन्द्रको उद्घाटन गर्दै गर प्रमुख कर्ण बहादुर बुढाथोकीले आँखाको सानो समस्या हुँदा पनि शिविर कुर्नु पर्ने तथा पर्खिनु पर्ने दिन आज देखि अन्त्य भएको बताउनु भयो ।
सबैको सहयोगले आज आँखा उपचार केन्द्र उद्घाटन गरिएको बताउँदै उहाँले आँखा निकै सम्बेदनशिल अंग भएकाले एउटा कमजोरीले आँखाको ज्योति गुमाउनु नपरोस भनेर गाउँबस्तीमै स्थापना गरिएको बताउनु भयो । अब यसलाई दिगो बनाउने र यसलाई सधै संचालन गर्ने र उपचार केन्द्र मात्र नभएर अस्पताल समेत स्थापना गर्ने गरि अगाडि बढी रहेको समेत बताउनु भएको छ । यो वर्ष देखि नगर अस्पताल सन्चालन गर्ने र सर्प दम्शको उपचार गर्न समेत पहल गरिरहेको समेत बताउनु भएको छ । गाउँगाउँमा सिहदरबार आएको विस्तारै आवश भएको समेत बताउनु भएको छ ।
बनगाड कुपिण्डे नगरपालिका देवस्थल सल्यान र नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पताल सयुक्त सहकार्यमा आँखा उपचार केन्द्र देवस्थलमा उद्घाटन गरिएको छ । नगर पालिकाको सहकार्यमा आँखा उपचार केन्द्र स्थापना गर्ने सल्यान जिल्लाको पहिलो पालिका बनेको छ ।
नगर प्रमुख कर्ण बहादुर बुढाथोकी, उप प्रमुख पुरुषोत्तम आचार्य, वडाअध्यक्षहरु, नेपाल रेडक्रस सोसाइटी सल्यान जिल्ला सभापति यौवन प्रकाश श्रेष्ठ , नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला सभापति रामलाल आचार्य राजनीतिक दल लगायतले मन्तव्य राख्नु भएको थियो ।
अब बनगाड कुपिण्डे नगरपालिका, कुमाख गाउपालिका, शिद्धकुमाख गाउपालिका, सुर्खेतको सिम्ता गाउपालिका जनताहरुले सेवा लिने पाउने भएका छन ।





.jpg)