होमपेज / समाज
चैत १७, सल्यान
सल्यानको कालिमाटी गाउँपालिकाले २५ शैयाको क्वारेनटाइन निमार्ण गरेको छ । गाउँपालिकाले शारदा जनकल्याण माध्यमिक विद्यालयमा २५ वार्डको क्वारेनटाइन निमार्ण गरेको हो ।
विश्वभर फैलिएको कोरोना भाइरसबाट हुन सक्ने जोखिमलाई न्युनिकरण गर्न भन्दै विद्यालय हाताभित्र क्वारेनटाइन निमार्ण गरिएको गाउँपालिका अध्यक्ष दान बहादुर खत्री केसीले बताए । गाउँपालिकाका अन्य वडामा पनि छिट्ट क्वारेनटाइन निमार्ण गरिने उनको भनाई छ ।
कोरोना भाइरसका बारेमा सचेतना कार्यक्रम सञ्चालन गर्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधिलाई पिपिई प्रयोग गरी टोल टोलमा पुग्ने, र तथ्यांक संकलन गरिने अध्यक्ष केसीले बताए ।
यस्तै अतिविपन्न वर्गलाई मध्यनजर गर्दै दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्दै आएका अति विपन्न परिवारको सत्य तथ्य विवरण संकलन गरी लकडाउन अवधिभर खाद्यन्नको व्यवस्था गरिने खत्रीले बताए ।





.jpg)