ट्रेण्डिङ

होमपेज / समाज

त्रिभुवन जनता मावी च्युरामा ग्रीन क्लब गठन

  इन्द्र बुढाथोकी २०७९ पौष २ गते शनिबार १५:५५:३२ मा प्रकाशित

इन्द्र बुढाथोकी पुस २,सल्यान
 पारिस्थितिकीय प्रणालीमा आधारित अनुकुल कार्यक्रम अन्तर्गत  (Eba ii) शैक्षिक जनचेतना अभिवृद्धि गर्ने उदेश्यले शुक्रबार सल्यान बनगाड कुपिण्डे नगरपालिका ५ मा रहेको त्रिभुवन जनता मावी च्युरामा कक्षा ६ देखि ९ सम्मका विद्यार्थी सहभागितामा ग्रीन क्लब गठन गरिएको छ ।

उक्त क्लवको  अध्यक्ष मिना नाथ , उपाध्यक्ष निराजन विसि, युवराज विसि सचीव र कोषाध्यक्षमा सर्मिला बुढाथोकी रहेको ११ सदसीय  समिति रहेको छ । कार्यक्रममा(Eba ii) जिल्ला कार्यक्रम सयोजक दिगम्भर दाहालले जिल्लामा भएको कार्यक्रम बारेमा जानकारी दिदै अहिलेको जलबायु परिवर्तन बिषयमा समेत प्रष्ट पार्नु भएको थियो ।  

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै(Eba ii)  कार्यक्रमका राष्ट्रिय सार्बजनिक शिक्षा विज्ञ डा दिपेन्द्र जोसीले जलबायु परिवर्तन अनुकुलन सम्बन्धि विद्यार्थीले सचेतना अभिबृदी गर्ने बारे महत्त्वपुर्ण भुमिका रहेको बताउनु भएको थियो । उक्त ग्रीन क्लव मार्फत बिधान तयार गरि वार्षिक कार्यक्रम कार्ययोजना तयारी गरि कार्यान्वयन गरि सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ  ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top