होमपेज / समाज
इन्द्र बुढाथोकी मंसिर २९ सल्यान
सल्यान बनगाड कुपिण्डे नगरपालिका नगर कार्यपालिका बैठक बिहिवार सम्पन्न भएको छ ।
बैठकले नेपाल सरकार भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयद्धारा जारी गरिएको गरिव परिवार परिचयपत्र मिति २०७९/०९/२५ गते सम्म प्रत्येक वडाबाट वितरण गरि सक्ने निर्णय गरेको छ । साथै स्वयंसेवक नगर शिक्षा व्यवस्थापन कार्यविधि २०७९ पारित गर्नुका साथै स्वास्थ्य सहायक कार्यविधि निर्माण गरि अर्को बैठकमा पेश गर्ने निर्णय गरेको वडा न ३ का वडा अध्यक्ष तथा प्रवक्ता धनबहादुर पुनले जानकारी दिनु भएको छ ।
नगर खेलकुद विकास समिती संचालन कार्यविधि २०७९ पारित गर्नुको साथै लिफ्ट खानेपानीको लागि बृहत घाटगाउ भेरी नदि देखि तारुपारे हुँदै नगरपालिका वडा न १,२,३,४,५ लगाएतका ४० गाउका विभिन्न गाउटोलका बस्तीहरुमा लिफ्ट खानेपानी संघीय खानेपानी तथा ढल व्यवस्थापनलाई सुर्खेतमा योजना माग गर्ने निर्णय गरिएको नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले बताउनु भएको छ ।
डाडाका बस्तीहरुमा खानेपानी चरम समस्या भएकोले यसलाई बृहत योजना बनाएर खानेपानी समस्याको पहल गर्ने समेत बताउनु भएको छ ।
नगरपालिकाको क्षेत्र भित्र रहेका नदि खोला बाट ढुङ्गा गिट्टी बालुवा उत्खनन तथा निकासी लागि २ जना कर्मचारी राख्ने र उठेको रकमबाट २० प्रतिशत ज्याला प्राप्त गर्ने समेत बताएको छ उक्त ढुङ्गा बालुवाको लागि नगरपालिका तीन पटक टेन्डर गर्दा समेत कसैले टेण्डर हालेका थिएन ।





.jpg)