ट्रेण्डिङ

होमपेज / समाज

चर्केको घरमा बस्न बाध्य सल्यान काफलपानीका स्थानीय

  इन्द्र बुढाथोकी २०७९ मंसिर २० गते मंगलबार १५:१५:३४ मा प्रकाशित

मङ्सिर २०,सल्यान

गत असोज पहिलो साता केही दिन लगातार परेको अविरल वर्षातका कारण घर चर्किएपछि  बनगाड कुपिण्डे नगरपालिका ४ काफलपानीका २४ घरपरिवार जोखिम मोलेर बास्दै आइरहेका छन् । बस्ती बसेको स्थानमा जमिन भासिँदा स्थानीय बस्दै आइरहेका घर गोठ चर्किएका छन् । 

स्थानीय शशिराम नेपालीले बस्नलाई अर्को घर नभएको र भाडामा बस्नलाई आर्थिक अवस्था कमजोर भएकाले चर्किएकै घरमा जोखिम उठाएरै बस्दै आएको बताउनु भयो । सम्बन्धित निकायले चर्केको घर मर्मतमा कुनै चासो नदेखाएको र वर्षात रोकिएपछि पाँच जनाको परिवार उक्त चर्किएको घरमा बस्दै आइरहेको मेघराज गिरीले बताउनु भयो । 

आर्थिक अवस्था कमजोर भएकाले बाहिर जान नसकेकै कारण चर्किएको घरमा ज्यान जोखिममा पारेर बस्नुपरेको खिमलाल पुनले बताउनु भयो । असोजको पहिलो सातामा अत्यधिक वर्षाताका कारण करिब दुई मिटर तल जमिन भासिँदा घरको बाहिर पर्खाल मात्र नभई भुईँको भागसमेत चर्किएको उहाँले बताउनु भयो  । ‘वर्षात भए पनि भित्रै पानी पस्ने गर्छ । चर्किएकाले भत्कने खतरा बढी भएकाले रातभर निद्रा लाग्दैन‚’ उहाँले भन्नु भयो‚ ‘च्यापिएर मर्ने त हो कि भन्ने मनमा डर मात्रै लाग्ने गर्छ । 

बनगाड कुपिण्डे नगरपालिकाका नगर प्रमुख कर्णबहादुर बुढाथोकीले बस्ती पहिरोको उच्च जोखिममा परेकाले आउँदा दिनमा मानवीय क्षति हुन नदिनका लागि स्थानान्तरणको पहल भइरहेको र सम्बन्धित निकायसँग समन्वय, सहकार्य भइरहेको बताउनु भयो । यसपालि असोजमा परेको वर्षाले पालिकाभित्र धेरै क्षति पुयाएको उहाँको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top