ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा आठ जना घाइते, चारको अवस्था गम्भीर

  इन्द्र बुढाथोकी २०७९ कार्तिक २४ गते बिहीबार १३:२१:३१ मा प्रकाशित

 कार्तिक २४,सल्यान 
सल्यानमा ट्याक्ट दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । 
जिल्लाको बनगाड कुपिण्डे नगरपालिका १० रजेखोलाबाट थापाचौर जाँदै गरेको रा १ त १६९० नम्बरको ट्याक्टर रजेखोलामा दुर्घटना हुँदा ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

घाइते हुनेमा बनगाड कुपिण्डे नगरपालिका १० थापाचौरका १६ वर्षीय तिलक बुढा, १८ वर्षीय भुपाल बुढा, १४ वर्षीय गोपाल पुन, १६ वर्षीय सुमन पुन, १७ वर्षीय जिम बहादुर बुढा, १७ वर्षीय कुलविर पुन, २१ वर्षीय झुपलाल घर्ती, र २१ वर्षीय नन्दलाल घर्ती रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भयो । 

घाइते आठै जनालाई प्रोदेशिक अस्पताल कालागाउँ सुर्खेत पठाइएको उहाँको भनाई छ । घाइते मध्ये तिलक बुढा, भुपाल बुढा, गोपाल पुन र सुमन पुनको अवस्था गम्भीर रहेको खनालको भनाई छ । 

बालुवालोड गरी थापाचौर जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर सडकदेखि झन्डै ५० मिटर तल खसेको छ । ट्याक्टरमा सवार नौ जना मध्ये एक जना भने सकुसल रहेका छन् । ट्याक्टर चालक फरार रहेको र उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top