ट्रेण्डिङ

होमपेज / समाज

पोखरीमा पौडी खेल्ने क्रममा सल्यानमा एक जना वेपत्ता

  इन्द्र बुढाथोकी २०७९ कार्तिक ८ गते मंगलबार १७:०९:२८ मा प्रकाशित

कात्तिक ८,सल्यान 
सल्यानमा पोखरीमा पौडी खेल्ने क्रममा एक जना वेपत्ता भएका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ७ मैदुका अन्दाजी ४० वर्षीय तिलाराम नेपाली वेपत्ता हुनु भएको हो । 

मंगलबार दिउँसो घर नजिकै रहेको मैदुमा रहेको मैदुपोखरीमा पौडी खेल्ने क्रममा नेपालीको भएको बनगाड कुपिण्डे नगरपालिका ७ का वडाध्यक्ष जीवन सिहं ठकुरीले जानकारी दिनु भयो । प्रहरी र स्थानीयको सहयोगमा खोजी कार्य भइरहेको उहाँको भनाई छ । 

पोखरी ७ देखि ८ फूट गहिरो भएपनि हिजो बढी भएकाले खोजी गर्न समस्या भएको ठकुरीको भनाई छ । अहिले नेपालीको खोजी गर्न बोट ल्याउदै गरेको र यदि बोटका माध्यमबाट पनि फेला पार्न नसके गोताखोरलाई बोलाइने उहाँले बताउनु भयो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top