होमपेज / समाज
इन्द्र बुढाथोकी असोज २८,सल्यान
सल्यान बनगाड कुपिण्डे नगरपालिकाले असोजमा एक साता आएको अविरल वर्षाका कारण अवरुद्ध ग्रामीण सडकहरु पुनः सञ्चालनमा ल्याउने भएको छ । नेपालीहरुको महान चाड तिहार नजिकिँदै आएको र विभिन्न ठाउँबाट आएका यात्रुहरुले दुख पाउने भएकोले सहज यात्राको लागि अवरुद्ध सडक तत्काल सुचारु गरिने नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले जानकारी दिनु भयो ।
लगातारको वर्षाले अवरुद्ध बनेका मुख्य तथा ग्रामीण सडकहरु मर्मतर सम्भार गरी सञ्चालनमा ल्याउन विभिन्न ठाउँबाट ४ वटा मेसिन प्रयोग गरेर तत्काल काम अघि बढाइएको उहाँको भनाई छ ।प्रमुख बुढाथोकीका अनुसार पहिलो चरणमा मुख्य राजमार्गहरु नगरको मेसिनले खुलाएको र दशैको समय मर्मत गरिएका सडक वर्षाले अवरुद्ध भएपछि पुनः मर्मत गरिएको बताउनु भयो ।
नगरपालिकाका १२ वटै वडामा नगरको मेसिनबाट सडक मर्मत गरिने उहाँको भनाई छ ।





.jpg)