ट्रेण्डिङ

होमपेज / समाज

जाजरकोट -सल्यान जोड्ने झोलुंगे पुल पहिरोले बगाउँदा आवतजावतमा समस्या

  इन्द्र बुढाथोकी २०७९ आश्विन २४ गते सोमबार १७:०७:०१ मा प्रकाशित

असोज २४,सल्यान
अविरल वर्षासँगै आएको पहिरोले जाजरकोट - सल्यान जोड्ने झोलुंगे पुल लगाएको छ । जाजरकोट छेडागाड र सल्यानको बनगाड कुपिण्डे नगरपालिका २ जोड्ने भेरी नदीको झोलुंगे पुल पहिरोले बगाएको छ । 

वर्षापछि आएको पहिरोले सल्यान तिरको पुलको भाग बगाएर भेरी नदीमा पु¥याएको स्थानीय गोपिलाल शर्माले जानकारी दिनु भयो । पहिरोले पुल बगाएपछि एक गाउँबाट अर्को गाउँमा आवतजावतमा समस्या भएको उहाँको भनाई छ । 

बनगाड कुपिण्डे -२ का अधिकांसको मुख्य बजार जाजरकोटको छेडाबजार रहेको छ । पहिरोले पुल बगाएसँगै दैनिक उपभोग्य बस्तु, खाद्यन्न ढुवानी, विरामी आवतजावतमा समेत समस्या भएको शर्माको भनाई छ । 
 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top