होमपेज / समाज
असोज ८,सल्यान
सल्यानमा चाडपर्व नजिकिएसँगै जिल्ला प्रशासन कार्यालय सल्यानले बजार अनुगमन सुरु गरेको छ । दशैंपर्व नजिकिए सँगै खाद्यन्न तथा दैनिक उपभोग्य बस्तुहरुमा मुल्य वृद्धि, मिति नाघेका बस्तुको बिक्री वितरण भए नभएको भन्दै बजार अनुगमन सुरु गरेको छ ।
सहयाक प्रमुख जिल्ला अधिकारीको नेतृत्वममा जिल्लाको बनगाड कुपिण्डे नगरपालिका १ मा रहेको सल्लीबजारमा बजार अनुगमन गरिएको छ । अनुगमनका क्रममा नौ पसलबाट म्याद नाघेका र लेवल नभएका अनुमानित ३१ हजार ८ सय रुपैयाँ बराबरको उपभोग्य बस्तुहरु नष्ट गरिएको उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य रामचन्द्र केसीले जानकारी दिनु भयो ।
दशैं तिहार जस्ता ठूला चाडपर्व आउँदै गर्दा बजारमा ठूलो मात्रामा म्याद गुज्रिएका सामानहरु बिक्री वितरणका लागि आएको हुनसक्ने भएकाले उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै बजार अनुगमन सुरु गरिएको सहयाक प्रमुख जिल्ला अधिकारी थमन खड्काले जानकारी दिनु भयो । म्याद गुज्रिएका, लेवल नभएका सामाग्री जहाँ फेला पर्छ त्यही नै नष्ट गरिदै आएको उहाँको भनाई छ ।
प्रत्येक वर्ष चाडपर्व नजिकिदै गर्दा गरिने यस्तो अनुगमन भने प्रभावकारी हुन सकेको छैन । बनार अनुगमन देखावटी लागि मात्र भएको उपभोक्ताहरुको आरोप रहेको छ ।





.jpg)