ट्रेण्डिङ

होमपेज / समाज

सल्यानका सबै उद्योग व्यवसाय चैत २१ गतेसम्म बन्द

  सल्यान खबर २०७६ चैत्र १० गते सोमबार १५:३२:४८ मा प्रकाशित

सल्यान,फागुन १० 
             सल्यान उद्योग बाणिज्य संघले आज चैत १० गतेदेखि चैत २१ गतेसम्मलाई सल्यानका प्रमुख बजार क्षेत्रका सम्पुर्ण व्यापार व्यवसाय बन्द गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको उद्योग बाणिज्य संघको बैठकले विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ संक्रमण फैलन नदिन अत्यावश्यक बाहेकका सबै व्यापार, व्यवसाय, बजार, कलकारखाना, उद्योग बन्द गर्ने निर्णय गरेको हो । 
         संघले एक बिज्ञप्ती जारी गर्दै  बजारमा दैनिक उपभोग्य बस्त्हरु मास्क,सेनेटाईजर,औषधि,खाद्यन्न,ग्यास,पेट्रोलियम पदार्थको ब्यबस्थापन र बिक्री बितरण संगै,ढुवानी कार्यलाई प्रभाबकारी बनाउन सबै लाई आग्रह गरेको छ । खाद्य बस्तु लगायतका दैनिक उपभोग्य सामाग्रीका ब्यापारी दैनिक ४ बजे देखी ७ बजे सम्म ब्यापार खुल्ला गरिदिन आग्रह गरेको छ । 
संघले आबश्यक परेको खण्डमा सल्यान उद्योग बाणिज्य संघले सभाहल लाई आईसुलेसनको लागी दिने निर्णय गरेको छ । त्यसै गरी सल्यानमा संचालित यातायात ब्यबसायीले पनि यात्रुलाई मर्का नपार्ने गरी लामो तथा छोटो दुरीका सार्बजनिक यातायात बन्द गर्ने निर्णय गरेको छ । 
     यता होटेल ब्यबसायी,उद्योग बाणिज्य संघका सचिब पबन डाँगीले आइसुलेसनको लागी होटेल प्याराडाईजको भबन उपलब्ध गराउने जनाएका छन । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top