होमपेज / समाज
भदौ २५ सल्यान
सल्यानमा विभिन्न कार्यक्रम गरी मनाइयो विश्व आत्महत्या रोकथाम दिवस मनाइएको छ । जिल्लाका विभिन्न पालिकाहरुमा विधिध कार्यक्रम गरी विश्व आत्महत्या रोकथाम दिवस मनाएको छ । आशा जगाऔँ जीवन बचाऔँ भन्ने मुल नाराका साथ दिवस मनाइएको छ ।
दिवसको अवसरमा बनगाड कुपिण्डे नगरपालिका स्वस्थ्य शाखाको व्यवस्थापन र सि एम सि नेपालको सहजीकरणमा उक्त दिवस मनाएको छ । मानसिक स्वास्थ्य तथा परामर्श नेपाल र फेल्म नेपालको आर्थिक सहयोग र बनगाड कुपिण्डे नगरपालिकाको साझेदारीमा सचालित प्रवासी कामदार तिनका परिवारका लागी मानसिक स्वास्थ्य तथा मनोसामाजिक सु स्वास्थ्य प्रवर्द्धन परियोजना विश्व आत्महत्या रोकथाम दिवस कार्यक्रम गरिएको छ ।
पछिल्लो समयमा नेपालमा आत्महत्या गर्नेको संख्या बढदै गएकोले यसलाई रोक्नु पर्नेमा सबैले जोड दिनुपर्ने नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले बताउनु भएको छ । जैविक, मनोबैज्ञानिक, सामाजिक, आर्थिक, लगायत विभिन्न कारण समेत आत्महत्या गर्नुको कारण रहेको समेत उहाँले बताउनु भएको छ ।
यस्तै वक्तृत्वकला कार्यक्रम गरी मनाइएको छ ।
यस्तै सिद्ध कुमाख गाउँपालिकामा आत्महत्या रोकथाममा हामी सवैको सहकार्य विषयक माध्यमिक विद्यालय तह स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा छात्रतर्फः निराजन मावि ढोरचौरका खुमराज खड्का प्रथम, देउराली मावि कालालेखका सुरेन्द्र चलाउने द्धितिय, नेपाल राष्ट्रिय मावि छापडाँडाका अमर यरी तृतिय हुनु भएको छ ।
यसैगरी छात्रातर्फ नेपाल राष्ट्रिय मावि छापडाँडाकी सुनिता बुढा प्रथम, देउराली मावि कालालेखकी पुष्पा चलाउने द्धितिय र सिद्ध मावि भडारेकी सिर्जना बस्नेत तृत्तिय हुनु भएको छ भने निराजन मावि ढोरचौरकी मनिकार बुढाथोकी सान्त्वना हुनु भएको छ ।
प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना स्थान ल्याउने छात्र छात्रा दुवैलाई छुट्टाछुट्टै पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।





.jpg)