होमपेज / समाज
राम प्रसाद शर्मा साउन २३,सल्यान
दार्मा गाउँपालिका सल्यानमा विपद् जोखिम व्यवस्थापन स्थानीय करण निर्देशिका सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । स्थानीय सरकारहरूका प्रतिनिधिहरूको क्षमता अभिवृद्धिका लागि तालिमको आयोजना गरिएको थियो ।
दुई दिने क्षमता अभिवृद्धि तालिममा दार्मा गाउँपालिका ६ वटै वडाका वडा अध्यक्षहरू , कार्यपालिका सदस्यहरू र गाउँपालिका अन्तरगतका शाखा प्रमुखहरूको सहभागिता रहेको थियो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजना तथा युएसआइडी र आप्रवास सङ्गठन को संयुक्त लगानीमा आयोजित विपद् जोखिम व्यवस्थापन स्थानीय करण निर्देशिका सम्बन्धी २ दिने प्रशिक्षण तालिम सम्पन्न गरिएको छ।
विपद् जोखिम व्यवस्थापन लाई स्थानीय करण गर्नु र विपद् जोखिम व्यवस्थापन ऐन निर्माण गर्नु तालिमको उद्देश्य रहेको थियो ।
जिल्ला समन्वय समितिको प्रमुख अधिकृत श्री निम बहादुर ओली र कृष्ण कुमारी वाग्ले ले तालिमको सहजीकरण गर्नु भएको थियो ।
दार्मा गाउँपालिका सल्यानको उपाध्यक्ष जुना मल्ल चन्दको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ३३ जनाको सहभागिता रहेको थियो ।





.jpg)