ट्रेण्डिङ

होमपेज / समाज

कैलालीमा विस्फोट, एक जनाको मृत्यु

  सल्यान खबर २०७६ चैत्र ९ गते आइतबार १४:३३:१३ मा प्रकाशित

९ चैत, धनगढी । कैलालीको विकट क्षेत्र गोदावरी नगरपालिका–४, फुलबस्तीमा विस्फोट भएको छ । घटनामा अन्दाजी ३५ वर्षीय नरबहादुर विकको मृत्यु भएको छ ।

कैलाली प्रहरी प्रमुख एसपी सुदीप गिरीका अनुसार अहिले घटनास्थलतर्फ प्रहरी टोली गएको छ । उनका अनुसार विकले गाउँमा तामाको वस्तु फेला पारेपछि पगाल्ने क्रममा पड्किएको थियो ।

यद्यपि, उक्त वस्तुमा विस्फोटक पदार्थ थियो वा थिएन भन्ने प्रहरी अधिकृत घटनास्थलमा पुगेपछि मात्रै थाहा हुने गिरीले  बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top