ट्रेण्डिङ

होमपेज / समाज

विदेशबाट आएका ६२ जनालाई खरिपाटीकाे क्वारेन्टाइन लगियो

  सल्यान खबर २०७६ चैत्र ८ गते शनिबार १८:१४:०४ मा प्रकाशित

८ चैत, काठमाडौं । नेपाल सरकारले घोषणा गरेको प्रतिबन्ध उल्लंघन गर्दै विदेशी विमान कम्पनीले ६१ जना नेपालीलाई काठमाडौं ल्याएका छन् ।

अध्यागमन विभागकाअनुसार थाइ एयरवेजले ४९ र एयर इण्डियाले १२ जना नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएका हुन् । उनीहरुलाई खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रस्थित क्वारेन्टाइनमा पठाइएको छ ।

दुबई कतार लगायतका देशहरुमा रहेका नेपालीहरु अन्यत्र ट्रान्जिट बनाएर आएका हुन् ।

यसअघि यसरी आउने विदेशी नागरिकहरुलाई फर्काउने गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top