ट्रेण्डिङ

होमपेज / समाज

लामो दूरीका सवारीसाधनमा रोक

  सल्यान खबर २०७६ चैत्र ७ गते शुक्रबार १९:२३:३४ मा प्रकाशित

 ७, २०७६ काठमाडौं : 

सरकारले यही चैत १० गतेदेखि लागू हुने गरी देशभर सञ्‍चालन हुने लामो दुरीका सवारी साधनमा रोक लगाउने निर्णय गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै १० चैतदेखि देशभर चल्ने लामो दूरीका यात्रुवाहक सवारी साधन सञ्चालनमा रोक लगाइने घोषणा गरे।  तर यो प्रतिबन्ध कति समयका लागि भन्‍ने खुलाइएको छैन।

प्रधानमन्त्री ओलीले चैत ९ गतेदेखि नेपाल आउने सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थगित गर्ने घोषणा  पनि गरे। यो प्रतिबन्ध तत्काललाई १८ चैतसम्म लागू हुनेछ। 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top