होमपेज / समाज
चैत ५, २०७६ हेटौंडा :
मकवानपुर प्रहरीले स्रोत नखुलेको करिब १० लाख भारतीय रुपैयाँसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
मकवानपुरको इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा १५ रातोमाटेमा वीरगन्ज जाँदै गरेको डब्लयुबि २३ इ २३३३ नम्बरको भारतीय बोलेरेबाट भारतीय रुपैयाँसहित २ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरुमा बोलेरो चालक भारत बैरातपुर बस्ने ३१ वर्षीय विजय चौधरी, भारत नहेटी बस्ने ३८ वर्षीय शंकर सरकार रहेको मकवानपुर प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।





.jpg)