ट्रेण्डिङ

होमपेज / समाज

१० लाख मास्क बरामद

  सल्यान खबर २०७६ चैत्र ५ गते बुधबार १४:५०:४५ मा प्रकाशित

काठमाडौं । राजधानीबाट फेरि सर्जिकल मास्क बरामद भएको छ । 

कोरोना भाइरसको आतंकका बीच मास्कमा कालोबजारी हुने गरेको गुनासोसँगै आक्रामक रुपमा प्रस्तुत भएको प्रहरीले राजधानीको सानो भर्‍यााङबाट १० लाख मास्क बरामद गरेको हो । 

महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले बुधबार सो परिमाणको मास्क बरामद गरेको हो । 

पक्राउ पर्नेमा गोरखाका युवराज न्यौपाने रहेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए । 

यसअघि शनिबार आइतबार र सोमबार पनि प्रहरीले १० लाख बढी मास्क बरामद गरेको थियो । 

महान्यायाधीवक्ताको कार्यालयले बरामद मास्क तत्काल प्रक्रिया पुर्याएर बिक्रीवितरण गर्न प्रहरीलाई निर्देशन दिइसकेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top