ट्रेण्डिङ

होमपेज / समाज

वन डढेलो नियन्त्रण गर्ने प्रहरीलाई औजार हस्तान्तरण

  सल्यान खबर २०७६ चैत्र २ गते आइतबार १७:४५:४९ मा प्रकाशित

२ चैत,सल्यान 
डिभिजन बन कार्यालय सल्यानले बन डढेलो नियन्त्रण गर्ने औजार हस्तान्तरण गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानलाई बन डढेलो नियन्त्रण गर्ने बिभिन्न औजारहरु हस्तान्तरण गरेको हो । खडेरी शुरु भैसकेकाले यस समयमा हुन सक्ने सम्भावित आगलागीलाई नियन्त्रण गर्न बिभिन्न औजार हस्तान्तरण गरिएको छ ।
पोशाक, जुत्ता, टर्च,साभेल,हेलमेट, ग्लोव, मास्क, पानीको बोतल लगायतका औजारहरु हस्तान्तरण गरिएको छ ।

औजार हस्तान्तरण गर्दै डिभिजन बन कार्यालयका निमित्त डिभिजन बन अधिकृत रमेश कुमार गिरीले वनमा आगलागीबाट बहुमूल्य जडीबुटी, काठका साथै वन्यजन्तुको वासस्थान नष्ट हुने भएकाले यसको संरक्षणको लागि औजार उपयोगी हुने बताए ।
यसैबिच डढेलो निन्त्रण गर्नको लागि वन कार्यालय र जिल्ला प्रहरी कार्यालय विचको समन्वयमा जनचेतना मुलक करिब ५० हजार पर्चा तयार पारिएको छ । ती पर्चाहरु जिल्लाका प्रत्येक घरधुरीहरुमा टाँसिने जनाईएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top