ट्रेण्डिङ

होमपेज / समाज

सल्यान- दाङ सडकखण्ड दैनिक आठ घण्टा बन्द हुने

  सल्यान खबर २०७८ मंसिर ७ गते मंगलबार १८:४२:०२ मा प्रकाशित

राप्ती राजमार्गअन्तर्गत दाङ-सल्यान सडकखण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय दाङले मंसिर ७ देखि २१ गतेसम्म सडक बन्द हुने जनाएको छ।

राम्री-चोरखोला सडकखण्डको स्तरोन्नति गर्नुपर्ने भएकाले १५ दिनसम्म बन्द हुने प्रशासन कार्यालयले जनाएको छ। बिहान ७ बजेदेखि ९ बजेसम्म, दिउँसो ११ बजेदेखि ३ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म सवारी साधनको आवागमन बन्द रहने प्रशासनका प्रशासकीय अधिकृत अम्मरराज आचार्यले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top